0
यात्रुसहित (टेण्डम) को प्याराग्लाईडिङ जुधे
ग्लाइडर ठोक्किएर भएको दुर्घटनामा प्याराग्लाईडिङ पाइलट ३५ वर्षीय चेतप्रसाद न्यौपाने र चिनियाँ पर्यटक २५ वर्षीय झुङ हुई लिन रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले जानकारी दिए । घाइते पाइलट न्यौपानेको अहिले काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । न्यौपानेको घुँडामा गहिरो चोट लागेको छ । चिनियाँ पर्यटकको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । उनको पनि हात भाच्चिएको बानियाँले बताए । न्यौपानेलाइ हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।
यसैगरी पोखराबाट काठमाडौंका लागि उड्न लागेको यति एयरको विमानमा चरा ठोकिएको छ । दिउसो साढे १२ बजे उड्नका लागि धावन मार्गमा गुुड्दै गर्दा इन्जिनमा चरा ठोकिए पछि जहाज पुनः पार्किङ्गमा फर्किको थियो । यति एयरको ९ एन एआइएच जेडस्टीम जहाज २९ जना लिएर काठमाडौंका लागि उड्न लागेको थियो । विमानमा चरा सामान्य रुपमा ठोकिएको यति एयर पोखराले जनाएको छ ।

र पोखरामा सोमबार दुईजना घाईते भएका छन् । घाईते हुनेमा एकजना चिनियाँ पर्यटक र अर्का एक नेपाली पाइलट रहेका छन् । अवतरण गर्नै लाग्दा यात्रुसहित दुईवटा ग्लाइडर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । ‘अवतरण गर्ने भन्दा करिब १ सय ५० मिटर माथि आकाशमा दुईवटा ग्लाईडर ठोक्किएछन् । ठोक्किएपछि एउटा ग्लाइडर छुट्यो, अर्काे भूइमा बजारिन पुग्योु उनले भने, ‘भूइँमा बजारिन पुग्दा चिनियाँ पर्यटक सहित पाईलट घाईते भए ।’ घाईते पाइलट न्यौपाने फ्लाई नेपालका संचालक समेत हुन् । यात्रु सहितका दुईवटा ग्लाइडर ठोक्किएर भएको यो नै पहिलो दुर्घटना हो । यसअघि भएका अधिकांश दुर्घटना सोलो (एकल) उडानका हुने गर्थे । नेपाल हवाई खेलकुद संस्था (एनएए) का उपाध्यक्ष सोबित बानियाँका अनुसार पामेमा अवतरण गर्नै लाग्दा दुईवटा ग्लाइडर एकआपसमा ठोक्किएका हुन् । उनका अनुसार फ्लाई नेपाल र हनुमान प्याराग्लाइडिङ कम्पनीका दुईवटा यात्रुसहितका ग्लाइडर ठोक्किएका हुन् ।

Post a Comment

 
Top