कास्कीको नार्माजुङ्ग गाविसका निवर्तमान अध्यक्ष हर्क गुरुङ्गको १३औं दिनको पुण्य तिथिमा बुधबार ताङतिङमा श्रद्धाञ्जली सभा गरिएको छ । सभामा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसी, एमाले कास्कीका उपाध्यक्ष मनबहादुर गुरुङ, क्षेत्रीय अध्यक्ष टिकाराम पंगेनी, वेदबहादुर गुरुङ श्याम, दशरथ सापकोटा, प्रकाश गुरुङ, मोहन गुरुङ, लगायतले गुरुङ लगायतले गुरुङको योगदानको बारेमा चर्चा गरेका थिए । नार्वाजुङ गाउँ कमिटीका अध्यक्ष खुशीमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संचालन गुमानसिंह गुरुङले गरेका थिए
Subscribe to:
Post Comments (Atom)
Post a Comment