0
संविधान सुचना केन्द्र गण्डकी पोखराको आयोजनामा स्याङ्जा जिल्लाको स्वरेक गा.वि.स स्थित जनप्रिय मा.विमा सञ्चालित कार्यक्रममा संविधान निमार्णमा लामो समय लागेपनि संविधान निमार्णमा सार्थक परिणाम निस्कन नसक्नु दुखद् भएको भन्दै अब नेताहरुले जनताको भावना र प्रतिवद्धता अनुरुप संविधान निमार्णमा विलम्ब गर्न नहुने बताएका छन् । कार्यक्रममा संविधान सुचना केन्द्र गण्डकी अञ्चल प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङ्गले अंन्तरिम संविधानको व्यवस्था, अघिल्लो संविधान सभामा भएका सहमति र विमतिका सवाहरु, संविधानका मुख्य विवादित विषयहरु राज्यको पुनर्संरचना अन्र्तगतको संघीयता, शासकिय स्वरुप, न्यायप्रणाली, निवार्चन प्रणाली र पछिल्लो संविधान सभाको गतिविधिको बारेमा जानकारी गराउँदै संविधान सबै नेपाली जनताको समान र अधिकारपूर्ण साथै सबैले अपनत्वग्रहण गर्न सक्ने गरी बन्नुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेस स्वरेक गाउँ इकाई सभापति टिकाराम पराजुलीले संघीय राज्य निमार्ण गर्दा हिमाल, पहाड र तराईको समायोजन हुनुपर्ने र नामाङ्कनमा विवाद भए प्रादेशिक सभाले निरुपण गर्नेगरि व्यवस्था गरेर अगाडि बढ्न सिकिने सुझाव दिए । नेकपा एमाले क्षेत्रिय सदस्य यामालाल पंगेनीले नेपालको प्राकृतिक स्रोत साधनको सदुपयोग हुने र स्वरोजगारमुलक नेपाली जनताको घरघरमा हरेक अधिकारहरु पुग्ने संघीय राज्य निमार्ण हुनुपर्ने बताएका छन् । रा.प्र.पा. नेपालका क्षेत्रिय सभापति श्यामप्रसाद अर्यालले अधिकांश हिन्दु धर्मावलम्वि भएको नेपालमा राष्ट्रियतालाई मजबुत बनाउन हिन्दु सापेक्ष राष्ट्रनै निमार्ण हुनुपर्नेमा जोड दिए । नेपाल महिला संघ क्षेत्रिय सभापति सुनिता उच्चै ठकुरीले राज्यको हरेक निकायमा महिला प्रतिनिधित्व समावेश्ीा गराउन समानुपातिक व्यवस्था अवलम्वन गर्नुपर्ने बताइन् । नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि स्वरेक ८ का विष्णुप्रसाद पंगेनिले हिन्दु राज्य बन्नुपर्ने र आरक्षणको व्यवस्था गर्दा वर्गि आधारमा गरिनुपर्ने बताए । यस्तै एमाले गाउँ कमिति वडा नं. ८ अध्यक्ष दिलबहादुर सेनले नेपाल जस्तो कृषि प्रधान देशमा कृषिमा राम्रो गुरुयोजना आवश्यक रहेको र अबको संविधान निमार्ण मा यो विषयलाई गम्भिर रुपमा उल्लेख गर्नुपर्ने बताए । श्री महिला जागरण बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष शान्ति अर्यालले महिला हिंसाहरु चेलीबेटी बेचविखन, बलात्कार, दाइजो प्रथा विरुद्ध कडा र व्यवहारिक कानुन बन्नुपर्ने बताइन् । यस्तै स्वरेक ९ का फलफूल समितिका अध्यक्ष रुद्रबहादुर मल्लले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्ट्राचार भएकोले संविधानमा भ्रष्ट्राचार विरुद्ध कडा कानुन निमार्ण हुनुपर्ने बताए । पूर्व शिक्षक दिल्ली प्रकास पराजुलीले बहुमतको कदर नगर्नु लोगतन्त्रलाई स्विकार नगर्नु जस्तै हुनाले संविधान निमार्णमा सहमति नभए बहुमतबाट पनि बनाउन सकिने बताए । यस्तै कृषक सञ्जाल स्वरेक गाविसका अध्यक्ष राधाकृष्ण अर्यालले कृषिमा सहुलियतको अवस्था आम कृषक सम्म पुग्नुपर्ने साथै क्रान्तिकारी भूमिसुधार नेपालमा आवश्यक रहेको बताए । यस्तै वडा नागरिक मञ्च स्वरेक ७ का अध्यक्ष विष्णुप्रसाद अर्यालले राजनैतिक सहमतिमा संविधान निमार्ण हुने भए निर्वाचन आवश्यक नपर्ने भन्दै जनताको मतादेश स्विकार गरेर संविधान निमार्ण गर्नुपर्ने बताए । यस्तै वडा नागरिक मञ्च १ का अध्यक्ष कृष्ण थापाले जातिय, लैङ्गिक, वर्गिय, क्षेत्रिय विभेद् नहुने समाजवादी संविधान निमार्ण हुनुपर्ने बताए । संविधान निमार्णमा जनताको सहभागिता र चासो स्थिापित गर्ने उद्देश्यले संविधान निमार्णका सवालमा नागरिक सचेतना र संवाद विषयक कार्यक्रममा कार्यक्रमाको सभाअध्यक्षता स्वरेक गाविसका पूर्व अध्यक्ष छायाराम खनालले र सञ्चालन नेपाल कानुन समाजका सदस्य अधिवक्ता युगनारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेपालमा बढ्दै गएको भ्रष्टचार, कालोबजारी, बलात्कार, अस्थिरता साथै संविधान निमार्णमा देखिएको गतिरोध र मतभेद्को सहभागिहरुले आलोचना गरेका थिए । कार्यक्रममा सहभागिहरुको भनाई र जिज्ञासाको सम्वोधन संविधान सुचना केन्द्र प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङ्गले गरेकी थिइन् ।

Post a Comment

 
Top