0
खेलकुदको विकास, पर्यटन प्रवद्र्वन भन्ने मुल नाराका साथ कास्कीको विकट मिजुरेडाँडा गाविसमा गर्न लागिएको खुल्ला सेभेन ए साइड दोस्रो नागीधार स्व. गञ्जमान गुरुङ स्मृति फुटबल कपको तयारी तिव्र पारिएको छ । प्रतियोगितामा सहभागिताका लागि पत्राचार, प्रचार प्रसार, अर्थ संकलन लगायतका कार्यलाई तिव्र पारिएको प्रचार संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए । स्थानीय नागीधार सिर्जनशील युवा क्लवले आयोजना गर्न लागेको प्रतियोगिताको तयारीमा स्थानीय आमा समुह, समाजसेवी र समाजिक सङ्घ÷संस्था जुटेका छन् । खेलले गाउँको पहिचान बढाउन भन्दै प्रतियोगितालाई सफल बनाउनका स्थानीय लागिपरेका छन् । प्रतियोगिता स्थानीय पाखुरीकोट नागीधार विद्यालयको खेल मैदानमा चैत्र २६ गतेदेखि शुरु हुने छ । प्रतियोगितामा २५ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न तीन लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार र द्घितियलाई नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कार दिइने छ । स्वर्गीय गञ्जमान गुरुङ नागीधार गाउँ तथा मिजुरेडाँडा गाविसका सामाजिक तथा राजनीतिक व्यत्तित्व थिए । स्वर्गीय गुरुङले नागीधार गाँउ तथा मिजुरेडाँडाको चौतर्फी विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनको सम्झनामा क्लवले गतवर्षदेखि फुटबल प्रतियोगिता आयोजना गर्न शुरु गरेको थियो । पोखरा रानीपौवाबाट महेन्द्रपुल, पृथ्वीचोक, अमरसिंहचोक, विजयपुर, कालिका, सौरे, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँहुँदै ३ घण्टाको बस यात्रामा नागीधार गाउँ पुग्न सकिन्छ ।

Post a Comment

 
Top