नेपाल सरकारका स्वास्थ्यमन्त्री खगराज अधिकारीले भौतिक संरचनासँगै मानवीय सोच समेत अपांगमैत्री हुनुपर्नेमा जोड दिएका छन् । उनले पश्चिमाञ्चल क्षेत्रमा अपांगता भएका व्यक्तिहरुको अधिकार, विकास, पुनस्र्थापना, सशक्तिकरणलाई साङ्ग व्यक्ति सरह अगाडि ल्याउनका लागि सरकारसँगै सम्पूर्ण नागरिक समाज, पत्रकार र गैरसरकारी निकायहरुले प्रभावकारी कार्यक्रमहरु अगाडि ल्याउनुपर्ने बताए । नेपाल अपांग समाज सेवा संघ, केन्द्रीय कार्यालय कास्कीले पोखरामा सोमबार अपांगता भएका व्यक्तिहरुलाई ह्विलचेयर तथा सेतो छडी प्रदान गर्न राखेको कार्यक्रममा मन्त्री अधिकारीले संघले गरेका देशव्यापी कार्यक्रमहरु अत्यन्त प्रभावकारी भएको बताए । उनले शिक्षा, स्वास्थ्य रोजगार र आर्थिक सशक्तिकरणको लागि संघलाई स्थानीय सरकारले बढि सहयोग गर्नुपर्ने पनि उल्लेख गरे । सो अवसरमा अपांगता भएका व्यक्तिहरुलाई ४६ थान ह्विलचेयर र १५ थान सेतो छडी प्रदान गरिएको थियो ।
नेपालमा ह्विल चेयर प्रदान गर्ने संस्था राष्ट्रिय अपांग पुनःस्थापना समाजका अध्यक्ष राकेश हमाललाई सम्मान पनि गरियो । यस्तै, ६ महिने सिलाइकटाई तालिम लिएका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । पर्वत, म्याग्दी, स्याङ्जा लगायतका पश्चिमाञ्चलका विभिन्न जिल्लाका अपांगता भएका व्यक्तिहरु लाभान्वित भएका थिए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. कालु शर्माले अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य सेवामा सहज रुपमा पहुँच सुनिश्चितता गराउन आफू प्रतिबद्ध रहेको बताउँदै मातहतका क्षेत्रहरुमा अपांगता भएका कर्मचारीहरुमा सहज रुपमा भरपाई मिलाईदिने गरेको उदाहरण प्रस्तुत गर्दै यसमा आफू लागिरहेको जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका प्रमुख एवं मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले सम्पूर्ण अपांगता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अपांगता तथा सामाजिक सेवा हेर्नका लागि छुट्टै शाखा गठन स्थापना गरेको बताए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले प्रशासनिक निकायहरुलाई अपांगता मैत्री बनाउन निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालय कास्की भवन पूर्ण रुपमा अपांगमैत्री रहेको बताए । नेकपा माले गण्डकी अञ्चल ब्युरो सचिव एवं केन्द्रिय सदस्य शंकर पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितता गराउन पार्टी लागिपरेको भन्दै सम्पूर्ण सवालहरुमा अपांगता भएका व्यक्तिहरुलाई अग्रसरता दिलाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । राप्रपा नेपाल केन्द्रिय प्रशिक्षण विभाग सदस्य वरुणविक्रम राणाले अपांगता भएका व्यक्तिहरुलाई स्थानीय निकायदेखि राज्यका उच्च पदसम्म पहुँचको सुनिश्चितता गराउन आफ्नो पार्टी प्रतिबद्ध रहेको र पार्टीका गतिविधि पनि अपांगता मैत्री गर्दै गरेको र उनीहरुको अधिकारलाई नागरिक समाज, स्थानीय निकाय र गैरसरकारी संस्थाका पदाधिकारीहरु सबैले सचेत भएर बुझ्नुपर्ने बताए ।
महिला तथा बालबालिका कार्यालय कास्कीका अपांगता फाँट हेर्ने राधा वाग्लेले अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरणमा केहि अफ्ठेरो भएपनि कास्की जिल्लामा सहज रुपमा अपांगता भएका व्यक्तिहरुले प्राप्त गरिरहेको बताईन् । साथै, वर्ग अनुसार परिचय पत्र प्रदान गर्नका लागि परिचय पत्र वितरण समितिलाई विशेष अधिकार दिनुपर्ने बताईन् ।
नेपाल अपांग समाज सेवा संघका केन्द्रिय अध्यक्ष बुद्धिबहादुर बागदासको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजकुमार खरेलले स्वागत तथा अपांगता अधिकारकर्मी दामोदर रेग्मीले कार्यक्रमको संचालन गरेका थिए ।

Post a Comment