पोखराको पर्यटन, यातायात र उद्योग वाणिज्य क्षेत्रसंग सम्बन्धित बिभिन्न ११ वटा संस्थाहरुको छाता संस्थाको रुपमा स्थापित पोखरा पर्यटन परिषद्को आठौं अधिवेशन बाट निर्वाचित समितिलाई विस्तार गरिएको छ । अधिवेशनबाट निर्वाचित अध्यक्ष सोम थापा नेतृत्वको कार्यसमितिलाई विस्तार गरिएको हो । परिषद्को बिहीबार सम्पन्न कार्यसमिति बैठकले उपाध्यक्षमा चिरञ्जीवि पोखरेल, महासचिवमा रामु गौतम, कोषाध्यक्षमा नारायण प्रसाद सापकोटा र सदस्यहरुमा रामजी घिमिरेका साथै महेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ । समितिको सचिव पदमा भने मनोनयन गर्न बाँकी रहेको अध्यक्ष थापाले गोल्डेन न्यूज दैनिकलाई बताए । समितिमा निवर्तमान अध्यक्षको रुपमा सूर्य भुजेल रहेका छन् । परिषदमा ११ वटा सदस्य संस्थाहरु पदेन सदस्य रहने व्यवस्था छ ।
वि.सं. २०५२ सालमा स्थापित परिषद्को १४औं साधारणसभा तथा आठौं अधिवेशनमा नेतृत्व चयनका बारेमा उत्पन्न विवादपछि आफूहरुले चाहेको नेतृत्व नआएको भन्दै पश्चिमाञ्चल होटल संघ र नेपाल एशेसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् पोखराले परिषद्मा नरहने घोषणा गरेको भएपनि परिषद्लाई विस्तार गरिएको छ । ती दुई संस्था बाहेक अन्य सबै संस्थाका प्रतिनिधिहरु परिषद्मा नै छन् । जसअनुसार पोखरा उद्योग वाणिज्य संघ, ट्याक्सी व्यवसायी समिति, पोखरा बस व्यवसायी समिति, टे«किङ एजेन्टस् एशोसिएशन नेपाल (टान), रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान), ट्रेकिङ इक्युप्मेन्ट शप एशोसिएशन (टेसा) इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा), नेपाल हवाइ खेलकूद संस्था (ना) र गणेश लक्ष्मी च्यारिटेवल ट्रष्ट (जिएलसी) परिषदमै आवद्ध छन् । परिषद्का अध्यक्ष सोम थापाले सबै पर्यटन एवं अन्य संघसंस्थालाई समेटेर अघि बढ्ने पक्षमा आफू रहेको भन्दै व्यवसायिक संस्थालाई हेर्दा राजनीतिक आग्रह, पूर्वाग्रह नराख्न समेत सबैसंग आग्रह गरेका छन् । उनले परिषद्को कार्यसमिति विस्तारसंगै पोखराको पर्यटन प्रवद्र्धनका लागि रचनात्मक काम गर्न आफू र आफ्नो टिम गम्भीर रहेको स्पष्ट पारे । उनले सरकारी र गैर सरकारी संस्थाहरुसँग हातेमालो गरी पोखराको पर्यटन उद्योगको विकास, पर्यटकको पोखरा बसाई बढाउन, एकद्वार प्रणालीमार्फत क्यालेण्डर नै निर्माण गरी प्रवद्र्धनात्मक गतिविधि गर्न, सबै सदस्य प्रतिष्ठानबीच एकताको भावना विकास गर्न फेवासहितका तालहरुको संरक्षणमा आवाज मुखरित पारिने बताए । साथै नेपाल पर्यटन बोर्डमा पोखरेली व्यवसायीको सहभागिता सुनिश्चित गर्न, पर्यटनसँग सम्बन्धित व्यवसायीको दक्षता अभिवृद्धिको लागि तालीम र सेमिनारको व्यवस्था र पोखराको कोसेली निर्माणका लागि नयाँसमितिले पहल गर्ने अध्यक्ष थापाले जानकारी दिए । उनले स्थानीय स्वायत्त शासन ऐनबाट निर्देशित स्थानीय निकायका अव्यहारिक निर्णयका कारण पर्यटन सम्बद्ध व्यवसायीले भोग्नुपरेको समस्या समाधान गर्ने समेत प्रतिवद्धता जनाएका छन् । अध्यक्ष थापाले समस्याको घरभित्रै समाधान खोज्न सक्षम भएको बताउँदै पोखराको पर्यटनको विकासका लागि सबे एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । परिषदका उपाध्यक्ष चिरञ्जीवी पोखरेलले परिषदलाई पर्यटन क्षेत्रको पश्चिमाञ्चलकै अग्रणी साझा संस्था बनाउन नयाँ कार्यसमितिले सक्दो प्रयत्न गर्ने बताए । कोषाध्यक्ष नारायणप्रसाद सापकोटाले परीषदलाई आर्थिक रुपले बलियो बनाउन नयाँ योजनाका साथ कार्य गर्ने बताए ।
यसैबीच परिषदको बिहीबार नै सम्पन्न बैठकले तीन महिनाभित्र विधान संशोधनको मस्यौदा तयार गरी कार्य समितिमा पेश गर्न आग्रह गरेको छ । परिषदलाई अझ चुस्त, दुरुस्त बनाउन एवं पर्यटन व्यवसायीहरुको साझा र बलियो संस्था बनाउन विधान संशोधन गर्न लागिएको महासचिव रामु गौतमले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । विधान संशोधन मस्यौदा समितिको संयोजकमा संस्थापक अध्यक्ष अशोक पालिखे रहेका छन् छ भने संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटा र नेपाल पर्यटन वोर्डका पूर्व सदस्य बासु त्रिपाठी सदस्य रहेका छन् । यसअघि परिषदका केही सदस्य प्रतिष्ठानहरुले विधान संशोधनको माग गर्दै आएका थिए ।

Post a Comment