पत्नीलाई घरको तीन तलामाथीबाट फालेर हत्या गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपाकोट–१ घर भई पोखरामा–४ पराजुली मार्ग डेरामा बस्दै आएका ३२ वर्षीय सोम सुनारलाई प्रहरीले पक्राउ गरेको हो । पराजुली मार्गमा शनिबार बिहानै घाइते अवस्थामा भेटिएकी ४२ वर्षीया लक्ष्मी सुनार अधिकारीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक बेमेल भएकाले उनलाई पति सोमले घरको छतबाट फालेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक पालका अनुसार लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको थियो । शनिबार बिहान करिब ४ बजेको समयमा घाइते अवस्थामा सडकमा भेट्टिएकी सुनारलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान भैरहेकाले सबै यथार्थ आइनसकेको प्रहरी प्रमुख पालले बताएको गन्थन डटकमले जनाएको छ । लक्ष्मीका भतिजा मनोज कुमार अधिकारीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । पोखराको अधिकारी टोल माइती भएकी लक्ष्मी र सोमको १० वर्ष अगाडि प्रेम विवाह भएको थियो । कामको शिलशिलमा लक्ष्मी कै घरमा डेरा गरि बसेका सोम र लक्ष्मीको प्रेम बढ्दै गएपछि उनीहरुले प्रेम विवाह गरेका थिए । उमेरले १० वर्ष जेठीसगँ विवाह गरेपछि उनीहरु पोखरा मै डेरा गरी बस्दै आएका थिए । लक्ष्मीका परिवारले उनीहरुको सम्बन्धलाई स्वीकार नगरेपछि लक्ष्मी अहिलेसम्म माइत नगएको माइती पक्षले बताएका छन् । माइती पक्षका अनुसार पछिल्लो समयमा सोमका साथीहरुले लक्ष्मीलाई श्रीमती हो कि आमा भनेर जिस्काउने गरेका कारण सोमले लक्ष्मीसँग डिभोस मागेका थिए । तर लक्ष्मीले डिभोस दिन नमाने पछि हत्या गरेको हुन सक्ने माइती पक्षको भनाई छ । उनीहरुका ९ वर्ष र ५ वर्षकी दुई छोरीहरु छन् । स्थानीयबासीका अनुसार श्रीमान अर्कै केटीसँग लागेपछि श्रीमान÷श्रीमतीबीच राम्रो सम्बन्ध थिएन । सोमले सुनको होलसेल व्यापार गर्दै आएको बताइन्छ ।
कास्की प्रहरीले मादक पदार्थ सेवन गरि सर्वसाधारणलाई दुव्र्यवहार गर्ने प्रहरीलाई निलम्वन गरेको छ । वडा प्रहरी कार्यालय रामबजार पोखराको दरवन्दीमा कार्यरत प्रहरी जवान काजीराम रेग्मीलाई कास्की प्रहरीले निलम्वन गरेको हो । शुक्रबार साँझ नियमित मोटरसाइकल डयूटीमा खटाइएको अवस्थामा पोखरा उपमहानगर पालिका १२ शितलादेवी स्थित बिजी अस्पताल अगाडि मादक पदार्थ सेवनगरि सर्वसाधारणसंग अनाश्यक बादविवाद गरेको आरोपमा उनलाई निलम्वन गरिएको कास्की प्रहरीले जनाएको छ । कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरिबहादुर पालले आफ्नो मातहतका प्रहरी जवान भिमबहादुर रानाले लेकसाइडमा कुटाइ खाएपछि रानालाई आक्रमण गर्नेहरुमाथि कार्वाहीको प्रक्रिया शुरु गर्दा पालमाथि केहीले आरोप समेत लगाएका थिए । सर्वसाधारणको पक्षमा भन्दा प्रहरी कुटिएको प्रतिशोधमा र आर्थिक लाभ लिने उद्देश्यले वार्गेनिङ्ग पावर बढाउन प्रहरीले लेकसाइडमा रात्रिकालिन व्यवसाय गर्नेहरुलाई आतङ्कित पारेको आरोप समेत एउटा राजनीतिक दल निकटका कार्यकर्ताले लगाएका थिए । प्रहरी उपरीक्षक पालले आफू आम सर्वसाधारणको शान्ति सुरक्षा प्रति संवेदनशील रहेको र कसैको दवाव र प्रभावमा नपर्ने अनि आर्थिक लाभ लिनका लागि कसैको एककप कालोचिया समेत नखाने बताएको थिए । लेकसाइडको घटना सेलाउन नपाउँदै पालले आफ्नै कार्यालयका प्रहरी जवान काजीराम रेग्मीले सर्वसाधारणलाई अपशव्द बोलेको र हातपात गरेको भन्दै तत्कालै निलम्वन गरेपछि पालको कार्यशैलीको कतिपयले प्रशंसा गरेका छन् । प्रहरी उपरीक्षक पालले समाजमा नराम्रो काम गर्नेहरुका विरुद्ध प्रहरी संगठन सक्रिय रहने अभिव्यक्ति दिइरहेका छन् र सोही अनुरुप व्यवहार पनि देखाएका छन् । लेकसाइडको घटना र आफ्नै प्रहरी जवान माथि कार्वाहीको घटनाका सन्दर्भमा पोखराका एक अधिकारकर्मीले भने । प्रहरी जवान रेग्मीले जनमानसमा नकारात्मक असरपर्ने खालको क्रियाकलाप गरेको पाइएकाले छानविन प्रक्रिया पुरा नहुन्जेल शनिबारदेखि लागूहुने गरि निलम्बन गरिएको कास्की प्रहरी प्रमुख हरिबहादुर पालले बताए ।
यसैबीच कास्की प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पर्वत देउराली गाविस वडा–१६ अमरदिप बस्ने प्रशान्त गुरुङलाई प्रहरीले अवैध लागूऔषध सहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नर्फिन ११, डाईजापाम ११, फेनेरागन ११ सहित लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको र म्याद थप गरि अनुसन्धान भैरहेको छ ।
यसैगरी मुद्धा मिलाएर प्रहरी हिरासटबाट छुटाई दिन्छु भन्दै रकम लिएको आरोप कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागूऔषध मुद्धामा पक्राउ परेका गणेश परियारलाई मुद्धा मिलाएर छुटाईदिन्छु भन्दै ९५ हजार रुपैयाँ लिएको आरोपमा स्याङजा आरुखर्क घर भई हाल पोखरा–९ स्थित हङकङ बजारमा पसल गरी बस्ने माईला दाई भन्ने सुकबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । परियारकी श्रीमती तारा परियारलाई मुद्धा मिलाइदिने भन्दै उक्त रकम लिएको र त्यसका लागी ओहोर–दोहोर गर्दा पेट्रोल खर्च बापत १ हजार ५ सय रुपैयाँ मागेको प्रहरीले जनाएको छ । त्यस्तै कास्की प्रहरीले मुद्धा मिलाईदिन्छु भनी विभिन्न बहानामा अडडा अदालता धाउने विचौलियाहरुलाई जिल्ला प्रहरी कार्यालयबाट विशेष निग्ररानी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Post a Comment