
राउतले परीक्षा केन्द्रहरुमा प्याडको व्यवस्था गर्ने अभियान प्रशंसनीय भएको बताए । जिल्ला शिक्षा अधिकारीले छात्राहरुको समस्यालाई मध्येनगर गर्दै थालीएको यस अभियानले निर्धक्क भएर परिक्षा दिन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
महिला तथा वालवालिका कार्यलयका प्रमुख जिसीले देख्दा सानो भएपनि प्याडको अभावका कारण छात्रामा ठुलो असर पर्न सक्ने समस्यालाई मध्येनगर गर्दै प्याडको व्यवस्था गरिएको बताइन् । चित्रा र टिनले वारेको शौचालय समेत कास्की जिल्लामा हटाइएको छ ।
वस्था गरिएको छ । सोमवार जिल्ला शिक्षा कार्यालय कास्कीमा केन्द्राध्यक्ष हरुलाई जिल्ला शिक्षा अधिकारी अंविका प्रसाद अधिकारीले प्याड हस्तान्तरण गरेका हुन् । कास्कीका ४ गाविस सहित लेखनाथ र पोखराका ३० वटा केन्द्रका केन्द्राध्यक्षहरुलाई प्याड हस्तान्तरण गरिएको हो । एक यस ५० संस्थागत र १सय १६ वटा सामुदायिक विद्यालयका १० हजार ४ सय ४७ जना विद्यार्थी सहभागी हुदैछन् । केन्द्राध्यक्षहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमका अवसरमा उक्त प्याड समेत हस्तान्तरण गरिएको हो । महिला तथा वालावालिका कार्यालयले उक्त प्याडको व्यवस्था गर्दै प्रमुख लक्ष्मि जिसीले प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतलाई हस्तान्तरण गरेकि थिइन् ।
Post a Comment