0

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका पीडितहरुले उचित मुआब्जा दिन माग गरेका छन् । उनीहरुले जग्गाको ठाउँमा जग्गा नै दिने भए चाउथे या कँुडंहरमा दिनुपर्ने माग गरेका हुन् । घर जग्गा पीडित संघर्ष समितिले आइतबार जिल्ला प्रशासन कार्यलय तथा मुआब्जा तिरण समितिमा बुझाएको ज्ञापनपत्रमा उचित मुआब्जा अथवा उचित स्थानमा जग्गा पाउनुपर्ने माग गरेका हुन् । उक्त ज्ञापनपत्र सहायक प्रजिअ चन्द्रनाथ गौतमले बुझेका थिए । हवेली माग परिसरका करिव १ सय २२ रोपनी जग्गाका ४ सय ८८ कित्ता घडेरी जग्गाका पीडितहरुलाइ निर्माणधिन विमानस्थलको घेर बाहिर औद्योगिक क्षेत्र र चाउथेमा जग्गा दिनुपर्ने माग गरिएको हो । सो जग्गाको मुआब्जाको सूचना केहि समयमा प्रकाशित हुदैछ । समितिका अध्यक्ष डिलबहादुर कार्कीले पीडितहरुलाइ चलनचल्तिको हिसाबले मुआब्जा दिनुपर्ने नभए विमानस्थलको घेरा बाहिर जग्गा दिनुपर्ने माग गरेका हुन् । उनले राज्यले आफुहरुको पीडा बुझिदिए विमानस्थल निर्माणको लागि कुनै अवरोध नगर्ने बताएका छन् । ज्ञापनपत्र बुझाउन पीडित परिवारहरुको ठूलो संख्या उपस्थित भएको थियो । सो क्षेत्रमा करिव ४ सयको घडेरी रहेको कार्कीले बताए । सहायक प्रजिअ गौतमले ज्ञापनपत्रबारे अध्ययन गरेर पीडितलाइ राहत हुने गरी काम गरिने बताए ।

Post a Comment

 
Top