
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा आफूहरुको अर्जुन दृष्टि भएकाले सरकार परिर्वतनको खेलमा नरहेको स्पष्ट पारका छन् । ‘एमाले कसैले लोभ्याएर र तर्साएर तर्सिदैन्,’ उनले भने–‘एमालेको अर्जुनदृष्टि संविधान बनाउने विषयमा केन्द्रित छ ।’ सरकारको नेतृत्व परिवर्तन गर्ने र केपी ओलीलाई प्रधानमन्त्री बनाउने खेल भइरहेको चर्चा समेत चलेको अवस्थामा पोखरामा आएका अध्यक्ष ओलीले आफूहरु अहिले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन् । प्रेस चौतारी कास्कीले आइतबार साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले संविधान नबन्दा सम्म एमाले र काँग्रेस बीचमा फाटो ल्याउने अरुको कोसिस सफल नहुने बताए ।
अध्यक्ष ओलीले दुई तिहाइ बाटै संविधान जारी गरिने स्पष्ट पारे । उनले भने–‘संविधान सभा भन्दा बाहिर जानेलाई संविधान बनाऔं आउनुस् भनेर आग्रह गर्छांै, नआए दुई तिहाइ पु¥याएरै भएपनि संविधान बनाइ छाड्छौ,’ । एमाओवादीप्रति लक्षित गर्दै उनले संविधान बन्न नदिने प्रयास सफल नहुने भन्दै आफूहरुले सहमतिको प्रयास गर्ने तर सहमति हुन नसके अत्यधिक दललाई सहभागी गराउने तथा विरोध र बहिष्कार गर्नेको पनि विरोध नहुने गरि संविधान बनाउने प्रयास गरिने बताए । उनले सवै दलहरु मिलेपनि प्रक्रियामा नगई संविधान बन्न नसक्ने दावी गरे ।
‘विना प्रक्रिया संविधान बन्दैन,’ उनले भने–‘सहमति भएपनि नभएपनि संविधान सभाबाटै नै संविधान जारी गर्ने हो, ६ सय १ जनाको समर्थन भएपनि प्रक्रियाबाट नै जारी गर्नुपर्दछ । ’ सहमतिको कुरा गर्ने तर, सहमतिमा आउन नचाहाने एमाओवादी जवर्जस्ती अगाडि बढ्न खोजेको उनको आरोप छ ।
अध्यक्ष ओलीले आवेग, उत्तेजना र तोडफोडले संविधान नबन्ने भन्दै काँग्रस र एमाले विना पनि संविधान बन्न नसक्ने दावी गरे । उनले पहिलो संविधान सभामा लोकतान्त्रिक शक्तिको बहुमत नहुदाँ संविधान सभा नै विघटन भएको स्पष्ट पर्दै ओलीले अहिले त्यस्तो अवस्था नरहेको बताए । जातीय राज्य कुनै पनि हातलमा नहुने र पहिचान पनि जातको नाममा राज्य बाडेर नपाइने भन्दै उनले एमाओवादीले जातीय राज्यका नाममा देशमा द्वन्द सृजना गर्न खोजेको आरोप लगाए ।
प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव माधव बरालले संचालन र स्वागत कोषाध्यक्ष एकराज गिरीले गरेका थिए ।
Post a Comment