पोखरा १५ माघ ।
नेपाली कांग्रेसका उपसभापति एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले एकीकृत नेकपा–माओवादीसहितको विपक्षी मोर्चाले विभिन्न कर्तुत गरेर नेपालको उन्नतिलाई रोक्न र संविधान जारी हुन नदिने षड्यन्त्र गरेको आरोप लगाएका छन् । पोखरा उप–महानगरपालिका वडा नं.–१२ मा रहेको श्री शितलादेवी प्रस्तावित उच्च माविको स्वर्ण महोत्सव मूल समारोहमा बिहीबार सम्वोधन गर्दै नेता पौडेलले माओवादीले संविधानसभा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान सभाबाट संविधान बनाउन आफूहरु लागिपरेको भएपनि एमाओवादी नेतृत्वको मोर्चाले अवरोध पु¥याएका कारण समयमै संविधान नबनेको स्पष्ट पारे । उनले दुई तिहाई बहुमतको सहमति भनेको अधिकतम सहमति भएकाले बहुमत र प्रक्रियाबाटै संविधान जारी गराउने प्रतिबद्धता पनि व्यक्त गरे । “सहमति भनेको राम्रो हो तर दुनियामा सर्वसम्मत निर्णय भनेको अधिनायकवादमा मात्र हुन्छ, प्रजातन्त्रमा त ुकुण्डकुण्ड पानी, मुण्डमुण्ड वुद्धिु अर्थात अलग अलग विचार हुन्छ,”उनले भने ।
बहुमतीय प्रणाली विश्व समुदायले नै स्वीकारेको पद्धति भएको उल्लेख गर्दै उनले भने, “हामी विश्व समुदायसँग पनि प्रश्न गर्न सक्छौं, लोकतान्त्रिक प्रक्रिया भनेको के हो ? मिलेर बसेका नेपालीलाई फुटाउने षड्यन्त्रको पछाडि हामी लाग्ने छैनौँ ।” विपक्षीले संविधान बन्न नदिन महाजाल सिर्जना गरेको र सहमतिबाट अलग भएको बताउँदै उनले विपक्षी मोर्चासँग कुनै तर्क नभएको आरोप लगाए ।
एकीकृत माओवादीसहितको मोर्चाले संविधानका विभिन्न समितिबाट पनि आफूलाई अलग राखेको र बिहीबार बिहानमात्र भएको मानव अधिकार तथा सामाजिक न्याय समितिमा पनि सहभागिता नजनाएको प्रसङ्ग झिक्दै उनले प्रश्न गरे,“सबै ठाउँबाट अलग भएर उहाँले जान खोजेको कहाँ हो ?”उनले आफूहरुले सहमतिका लागि अनेकौँ प्रयास गर्दा पनि विपक्षीहरुले सहमतिको नाममा बखेडामात्र झिकेको दाबी गरे । कार्यक्रममा सभासद्द्वय यज्ञबहादुर थापा र शारदा पौडेलले पनि संविधान निर्माणमा भएका अवरोधबारे चर्चा गर्दै प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए ।
विद्यालयको स्वर्ण महोत्सवका अवसरमा विद्यालयले माघ १० गतेदेखि नै विविध कार्यक्रम संचालन गर्दै भएको थियो । स्वर्ण महोत्सवको अन्तिम दिन विहीबार विद्यालयको विकासका लागि आर्थिक, भौतिक र शैक्षिक सहयोग पु¥याउने ३१ जनालाई सम्मान गरिएको थियो । सम्मान गरिएका मध्ये ६ जनालाई भने मरणोपर्यन्त सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसअवसरमा सभासद् शारदा पौडेलले विद्यालयद्वारा प्रकाशित स्वर्ण महोत्सव स्मारिका र प्राध्यापक टिकाराम कोइरालाद्वारा लिखित निबन्ध सङ्ग्रह फुर्सदमा फुलेका फूलको विमोचन गरेकी थिईन् । स्वर्ण महोत्सवको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका लागि गरिएका अवरोध लाई छिचोल्दै संविधान निर्माण गरिने बताए । उनले शिक्षालाई गुणस्तरीय, समसामयिक र व्यवसायमुखी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सभासद्हरु जीवन परियार, यज्ञबहादुर थापा, शारदा पौडेल, चुडामणि जङ्गली, कुमार खड्का, क्षेत्रीय शिक्षा निर्देशक माया राई, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार डा अनिल सुवेदी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिरोमणि बराल, विद्यालय व्यवस्थापन समितिका सदस्य ऋषवदेव बाँस्तोला, समीक्षक भोजराज बाँस्तोला, प्रा.डा. कृष्ण के.सी, प्राध्यापक टिकाराम कोइराला, भूपू विद्यार्थी रमेश कर्माचार्य, सम्मानित व्यत्तित्व नरेशबहादुर कार्कीले बोलेका थिए । शितलादेवी सामुदायिक प्रस्तावित उच्च मावि व्यवस्थापन समिति एवं स्वर्ण महोत्सव मूल आयोजक समितिका अध्यक्ष टिकाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक गोविन्द सिग्देलले स्वागत र शिक्षक बोधराज गौतमले कार्यक्रम संचालन गरेका थिए ।
वि.सं. १९८८ सालमा भाषा पाठशालाको रुपमा स्थापित उक्त विद्यालय वि.सं.२०२१ साल माघ १५ गते तत्कालिन सरकारले माटेपानी प्राविको रुपमा मान्यता दिएपछि प्राविको पढाइ हुँदै आएको र २०५८ सालमा विद्यालयको व्यवस्थापकीय जिम्मेवारी समुदायले लिएको थियो । वि.सं. २०५९ सालमा वाचनशिरोमाणि पं. नारायणप्रसाद पोखरेललाई बोलाएर ज्ञान महायज्ञ आयोजना गरि रकम संकलन गरिएको र त्यसपछि माटेपानी प्राविबाट शितलादेवी सामुदायिक विद्यालयको रुपमा संचालन गरिएको हो । हाल विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म पूर्णरुपमा अंग्रेजी माध्यमका कक्षाहरु संचालन गरिएको र एसएलसीमा सहभागी भएदेखि शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ । करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको शितलादेवी सामुदायिक उच्च माविमा हाल करिब ३२ जना शिक्षक र चारसय बढी विद्यार्थीहरु छन् ।

Post a Comment