पोखरामा जारी नेपाल अडिटर्स एशोसिएशन (अडान) को तेस्रो राष्ट्रिय परिषद शनिबार सम्पन्न भएको छ । परिषद्ले २७ बँुंदे पोखरा घोषणापत्र जारी गरेको छ । घोषणापत्रले सामाजिक सुशासन, आर्थिक अनुशासन र समृद्धिका लागि महत्वपूर्ण भूमिकामा रहेका मुलुकभरका करिब आठ हजार लेखापरीक्षकहरुलाई संगठित गरी लेखाव्यवसायको विकास, पेशा कर्मीहरुको हकहित, क्षमता अभिवृद्धि र अनुशासनको प्रवद्र्धन गर्न दृढ प्रतिवद्धतासहित अडान अघि बढने प्रतिवद्धता जाहेर गरेको छ । नेपालको राजनीतिक, आर्थिक एवम् सामाजिक समृद्धि र लेखाव्यवसायको विकासका लागि राज्यले लेखापरीक्षकहरुको भूमिका तत्काल संविधानको सुनिश्चितता सहित विद्यमान राजनीतिक संक्रमणको अन्त्य गरी सामाजिक एवम् आर्थिक समृद्धिको कार्यदिशा लाई अगाडि बढाउनुपर्ने आवश्यकता वोध तमाम नेपाली जनताले गरिरहेको परिवेशप्रति गम्भिर हुन र सामाजिक सुशासन र आर्थिक अनुशासन कायम गर्ने सम्वन्धमा लेखापरीक्षकहरुको जिम्मेवारीलाई सम्वैधानिक र नीतिगत रुपमा स्पष्ट सम्वोधन गर्न तेस्रो राष्ट्रिय परिषदले मांग गरेको छ । २०७० श्रावणबाट रजिष्टर्ड लेखापरीक्षकहरुमा “एक व्यक्ति एक पेशा” नीति आंशिक रुपमा लागु भएको र हाल लेखापरीक्षण गर्नुपर्ने निकायको तुलनामा पर्याप्त जनशक्ति नभएको अवस्था र अहिले देखिएको समस्याहरुको कारण हाल यो नीति लागू हुन नसकेको परिवेशमा यसलाई २०८० सम्म पूर्णरुपले पर सार्न घोषणापत्रले मांग गरेको छ । योग्यतम र अनुभवी लेखापरीक्षकहरुलाई चार्टर्ड एकाउण्टेण्ट तहमा प्रवेशका लागि मध्यम तह छुटको व्यवस्था पर्याप्त नभएकोले व्यवस्थापनमा स्नातक वा स्नातकोत्तर गरेका लेखापरीक्षक हरुलाई सहज प्रवेशको व्यवस्था मिलाउन माग गरिएको अडान केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।
लेखापरीक्षकहरुको भूमिका र क्रियाशिलताले राज्यको आर्थिक तथा वित्तिय क्षेत्र प्रत्यक्षप्रभावित हुने र उनीहरुको पेशागत क्षमता अभिवृद्धि राज्यको पनि दायित्व भएकोले प्रभावकारी कार्यक्रमहरु बनाई लागु गर्न घोषणापत्रमार्फत सरकार र नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) मांग गरिएको छ । विश्वसनियता, तटस्थता र निष्पक्षताका आधारमा लेखापरीक्षण कार्य सम्पन्न गर्ने सामुहिक प्रतिवद्धता जहेर गर्दै अडानको तर्फबाट केन्द्रले जारी गर्ने आचारसंहिताको पूर्ण प्रतिवद्धता घोषणापत्रमार्फत तेस्रो राष्ट्रिय परिषदले जाहेर गरेको छ । आशन्न आइक्यानको सातौं परिषदमा अडानको तर्फबाट सबै लेखापरीक्षकहरुको भावना र आवश्यकतालाई मध्यनजर गर्दै साझा उम्मेदवार चयन गरी सम्भव भएसम्म निर्वाचन प्रक्रियालाई निर्विरोध बनाउन वा मतदानको प्रक्रियामा जानुपर्दाको अवस्थामा चारै जनाको विजय सुनिश्चिताका लागि केन्द्रीय समिति र सचिवालयको निर्णय तथा निर्देशनको परिपालना गर्ने सहभागीहरुले प्रतिवद्धता गरेका छन । त्यसैगरी तेस्रो राष्ट्रिय परिषदले आइक्यानमा रजिष्टर्ड लेखापरीक्षक हरुको प्रतिनिधित्व र भूमिका बढाउन मांग गरेको छ । अडानका सम्पूर्ण आजीवन सदस्यहरुको रु.एक लाखको दुर्घटना बीमा गर्ने निर्णयसमेत गरेको छ ।
तेस्रो राष्ट्रिय परिषदको समापन गर्दै अध्यक्ष मोहनराज रेग्मीले घोषणापत्रका मागहरु पुरा गर्न नेपाल सरकार र नियमनकारी निकाय आइक्यानसंग पुरा गर्न मांग गर्दै प्रतिवद्धताहरु तत्काल कार्यान्वयन गरेर पेशालाई मर्यादित र अनुशासित बनाउन सबै लेखापरीक्षकहरुलाई आग्रह गरेका छन ।

Post a Comment