0
रीता गुरुङ
टोकियो, जापान २६ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतले लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली कांग्रेसले लिएको अडान आम नेपालीको हितमा रहेको स्पष्ट पारेका छन् । जापनको टोकियो इकेबुकुरोमा नेपाली जन सम्पर्क समितिले
उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती जापानका अग्रज नेता हरु सुभाष लोहनी, महेस कुमार श्रेष्ठ ,बलराम श्रेष्ठ, भुपि गोबिन्द श्रेष्ठ ,चिरन्जिबी थापा र पासाड्ग शेर्पाले आफ्ना आफ्ना बिचार व्यक्त गर्दै अब नेपालमा राजनीतिक भन्दा आर्थिक क्रान्ति जरुरी रहेको कुरामा जोड दिएका थिए । उनीहरुले नेपालमा युवा जनशक्तिलाई राज्य निर्माणको अवसर दिन र मुलुकको विकासमा नेपाली कांग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्न आवश्यक रहेको भन्दै कांग्रेसको आगामि महाधिवेशनमा जनसम्पर्क समितिबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने खाचो औल्याए ।
त्यस अवसरमा नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष डिपी कडेल, महामन्त्री राजेन्द्र जमर्कट्टेल लगायतले सम्पर्क समितिका विविध गतिविधीहरुका बारेमा जानकारी दिँदै नेपालमा लोकतान्त्रीक संविधान निर्माण गर्ने अभिभारा नेपाली कांग्रेसले नै पूरा गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले जापानमा पार्टीको क्रियाशिल सदस्यता वितरणको अभियान अन्तिम चरणमा पुगेको समेत जानकारी दिए ।
आयोजना गरेको विशेष अन्तक्र्रिया कार्यक्रममा बोल्दै कांग्रेस नेता महतले नेपालका आदिवासी जनजाति दलित, महिला र पिछडिएको बर्गको हक हित र अधिकारको लागि दीर्घकालिन सोच राखेर कांग्रेसले संविधान निर्माणमा जोड दिएको बताए । जनसम्पर्क समिती का सक्रिय र अगुवा कार्यकर्ताहरुको भेलालाई संवोधन गर्दै उनले राज्यको हरेक संरचनामा सबैको पहुच ,अस्तित्व ,संस्कृति ,भेष भुषा र मातृभाषाको संरक्षण र संबद्र्धनका साथै राजनीतिक अबसरको सुनिश्चितता हुनेगरी संघीय राज्यको निर्माणमा नेपाली कांग्रेस लागेको बताए । नेपाली कांग्रेस एकल जातिय राज्यको पक्षमा नरहेको बताउँदै उनले जातिय राज्य वस्तुगत बनोटले पनि घातक सिद्ध हुने र पहिचान पनि भेटिने जातिय द्धन्द्ध पनि मेटिने  किसिमबाट काग्रेस अगाडि बढेको उल्लेख गरे । कांग्रेस नेता महतले सबै धर्मालम्बीहरुले स्वतन्त्रता पुर्वक संस्कृति र संस्कार लाई जगेर्ना गर्न पाउने अधिकारका साथै धार्मिक स्वतन्त्रता को पक्षमा कांग्रेस रहेको समेत बताए ।

Post a Comment

 
Top