
पोखरा १५ माघ ।
पोखरा–१४ मझेरीपाटनस्थित रामेश्वरी उच्च माविको स्वर्ण महोत्सव–२०७१ अन्तर्गत बिहीबार जुनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । कास्की जिल्ला तेक्वान्दो सङ्घको मातहतमा सञ्चालित १२ वटा डोजाङ तथा तेक्वान्दो स्कुलको सहभागिता रहेको प्रतियोगितामा ६ स्वर्ण र दुई रजत पदक प्राप्त गर्दै शहीद स्मृति आवासीय विद्यालय च्याम्पियन बनेको छ । प्रतियोगितामा दुई स्वर्ण, दुई रजत तथा तीन कास्यपदक प्राप्त गरेको ज्योतिकुञ्ज तेक्वान्दो स्कुल द्वितीय तथा दुई स्वर्ण र एक कास्यपदक प्राप्त गरेको झेरी तेक्वान्दो डोजाङ तृतीय भएको छ । प्रतियोगितामा पुरुषतर्फ ३९ केजीमुनि सगरमाथा तेक्वान्दो डोजाङका अमित उपरकोटी तथा महिलातर्फ २८ केजीमुनि शहीद स्मृति आवासीय विद्यालयका अनुजा परियार बेस्ट फाइटर घोषित भए ।
बिहीबार नै भूपू विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिबीच पुनर्मिलन समारोह सम्पन्न भयो । करिब एक सय ५० जनाको सहभागिता रहेको सो कार्यक्रममा प्रमुख अतिथि अञ्जु कुँवर,स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक भीमसेन थापा, बोधराज बराल, विद्यालयका प्रअ तुलसीप्रसाद चापागाईं, भूपू विद्यार्थी चित्रा केसी, भूपू शिक्षक हिमा थापा, बलबहादुर केसी र छविलाल पौडेलले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य चिनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक शिवराज कँडेलले स्वागत मन्तव्य र भूपू विद्यार्थी लक्ष्मण कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा विद्यार्थीले नृत्य, चुट्किला, किवता प्रस्तुत गरेर मनोरञ्जन दिलाएको शिक्षक डिल्लीराम रेग्मीले जानकारी दिए । शुक्रबार सभासद् चुडामणि जंगलीको प्रमुख आतिथ्यमा रक्तदान, वार्षिक छात्रवृत्ति एवं पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम हुने प्रचार–प्रसार उपसमितिका सदस्य पृथ्वी कुँवरले जानकारी दिए । माघ १७ गतेसम्म मनाइने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १७ गते विद्यालयलाई आर्थिक, नैतिक तथा भौतिकरूपमा सहयोग पु¥याउने वभिन्न सङ्घसंस्था तथा व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक भीमसेन थापाले जानकारी दिए । २०२१ साल माघ ८ गते स्थापना भएको विद्यालयमा २०५६ सालमा निमावि, २०६४ सालमा मावि हुँदै २०६७ सालमा उच्च मावि भएको हो । हाल विद्यालयमा चार सय ५० विद्यार्थी अध्ययनरत छन् भने २२ जना शिक्षक रहेका छन् ।
यसअघि बुधबार स्कूल प्राङ्गणमा स्थानीय आमा समूहको विविध सांस्कृति कार्यक्रम सम्पन्न भएको थियो । १० वटा आमा समूहले भाग लिएको कार्यक्रममा समाज सुधार आमा समूह पोखरा–१४÷१८ प्रथम, माछापुच्छ«े आमा समूह द्वितीय, समाजसुधार आमा समूह पोखरा–१४ तृतीय र शुभमार्ग टोल विकास महिला समूहले सान्त्वना स्थान प्राप्त गरे । त्यस अवसरमा लोकदोहोरी सम्राट तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुली, गायिका सविना क्षेत्री र जुना क्षेत्रीले गीत र नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि बोधबहादुर कार्की, समाजसेवी इन्द्रमाया बाँनिया लगायतले विद्यालयको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Post a Comment