0
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा(१ को आयोजनामा हेमजामा एक दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले उक्त  सचेतना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा गौरी शंकर उच्च माविका कक्षा ८, ९ र १० का विद्यार्थीहरु सहभागि रहेका थिए । कार्यक्रममा जिल्ला टूाफिक कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए ।

Post a Comment

 
Top