कास्कीको भदौरे तामागीस्थित बहादुरे उच्च माविको ६०औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार एक समारोहका बीच सम्पन्न भएको छ । सो अवसरमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुति गरेका थिए । त्यसैगरि बहादुर आइकनका लागि ४५ जनाबाट विभिन्न चरण पार गर्दै आएर विजयी भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने सप्ताहव्यापी खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीलाई पनि पुरस्कृत गरियो । बहादुरे आइकनमा सोफिया गुरुङ्ग प्रथम, सुशिला गिरी द्वितीय, प्रीति गुरुङ्ग र दानबहादुर विकले तृतीय प्राप्त गरे भने प्रियंका परियार र सन्तोष विकले सान्त्वना स्थान हाँसिल गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार गुरुङ्गको सभापतित्व तथा समाजसेवी तथा विद्यालयका मानार्थ आजिवन सदस्य कृष्णबहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा पर्यटन व्यवसायी बिजय गुरुङ्ग, विद्यालय अभिभावक संघका अध्यक्ष सुबेदा चित्रबहादुर गुरुङ्ग, पञ्चासे भदौरे होटल एशोसिएसनका अध्यक्ष आशबहादुर गुरुङ्ग, भदौरे क्लवका अध्यक्ष अमर गुरुङ्ग, क्लवका पूर्व अध्यक्ष एवं एन्फा कास्कीका सदस्य आइन्दल गुरुङ्ग, क्लवका पूर्व अध्यक्ष रामप्रसाद पौडेल, शिक्षकको तर्फबाट छबिराज पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम शिक्षक सिद्धिराज सुवेदीले सञ्चालन तथा शिक्षिका सुशिला विकले स्वागत गरेकी थिइन् ।

Post a Comment