युरोपेली मुलुक चेक गणतन्त्रले नेपालमा जलस्रोत, सडक, खाद्यउद्योगलगायत क्षेत्रमा संयुक्त लगानीका परियोजना सञ्चालनमा अभिरुचि देखाएको छ । द्विपक्षीय सम्बन्ध विस्तारका साथै लगानी प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल र चेक गणतन्त्रबीच पहिलोपटक पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनाका साथै संयुक्त आर्थिक आयोग गठन पनि हुने भएको छ ।
यसै सन्दर्भमा चेक गणतन्त्रका उद्योग वाणिज्य मन्त्री जान म्लादेक ३९ सदस्यीय उच्च प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि राजधानी आउँदै छन् । नेपालको आर्थिक सामाजिक विकासका साथै लगानीका विविध क्षेत्र पहिल्याउन भोलि नै अर्थमन्त्री डा रामशरण महतसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता भई आपसी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै सचिवस्तरमा संयुक्त आर्थिक आयोग पनि गठन हुने भएको छ । द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गठन हुन लागेको उक्त आयोगले पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीले बताए । “मुलुकमा क्रमशः विकास हुँदै गएको लगानीको वातावरण देखेर चेक गणतन्त्रका लगानीकर्ताले द्विपक्षीय सहमति कायम गरी आयोगमार्फत परियोजनाहरू सञ्चालन गर्ने चाहना राखेका छन्”–उनले भने । राष्ट्रका आवश्यकताअनुसार निर्धारण गरिएका आर्थिक विकासका परियोजना निर्माण, निजी क्षेत्रसँगको साझेदारी प्रवद्र्धन, पुँजी परिचालन, व्यापार विस्तार एवम् सहजीकरण, क्षमता अभिवृद्धिजस्ता द्विपक्षीय लाभका विषय समझदारीपत्रमा समेटिएको जानकारी पनि सहसचिव मरासिनीले दिए । नेपाल र चेक गणतन्त्रबीच नगण्य मात्रामा व्यापार भए पनि तयारी पोसाक, हस्तकलाका सामग्री, गलैँचा, चिया, जडीबुटी तथा तिनबाट उत्पादित औषधि चेक गणतन्त्रतर्फ निर्यात हुँदै आएका छन् भने उक्त मुलुकबाट औषधि, चिकित्सा उपकरण, विद्युतीय सामग्री तथा यन्त्र आयात हुँदै आएका छन् । चेक गणतन्त्र र नेपालबीच आर्थिक सहयोग विस्तार तथा लगानी प्रवद्र्धनका प्रचुर सम्भावना रहेको औँल्याउँदै नेपालका लागि उक्त मुलुकका अवैतनिक वाणिज्यदूत विष्णुकुमार अग्रवाल जैविक चिया, कफी, जडीबुटीको ठूलो बजार चेक गणतन्त्रमा रहेकाले व्यापार बढाउनुपर्नेमा जोड दिए । वार्षिक रु ४० लाख मूल्य बराबरका नेपाली उत्पादन चेक गणतन्त्रमा निर्यात भइरहेका छन् भने त्यहाँबाट रु ७० लाखको आयात रहेको छ ।
उक्त मुलुकबाट पछिल्लो समयमा पोतेदेखि लिएर हवाईजहाजसम्म आयात हुन थालेको छ । निजी क्षेत्रको गोमा एयर लाइन्सले चेक गणतन्त्रमा निर्मित विमान सञ्चालनमा ल्याएको छ ।
सन् १९९४ मा चेक गणतन्त्र र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकले संयुक्त राष्ट्रसङ्घलगायत अन्य क्षेत्रीय एवम् अन्तर्राष्टिूय सङ्घसङ्गठनहरूमा साझा चासो र लाभका क्षेत्रमा सहकार्य गर्दै आएका छन् । दुवै मुलुकबीच बेलाबेलामा भएका औपचारिक भ्रमण आदानप्रदानबाट आपसी सम्बन्ध सुदृढीकरणमा बल पुगेको छ । चौध वर्षअघि उक्त मुलुकका उपविदेशमन्त्रीले नेपालको भ्रमण गरेका थिए भने सोही वर्ष भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले चेक गणतन्त्रको भ्रमण गरेका थिए । चौध वर्षको अन्तरालमा भएको मन्त्री म्लादेकको यो भ्रमणलाई आर्थिक एवम् कूटनीतिक क्षेत्रका जानकारहरूले सकारात्मक रूपमा लिएका छन् । नेपालमा चेक गणतन्त्रको रु ३५ लाखको लगानीमा एउटा उद्योग स्थापना भई त्यसबाट १२ जनाले रोजगारी पाएका छन् भने तीन हजारको हाराहारीमा उक्त मुलुकबाट पर्यटक आएर नेपालको अर्थतन्त्रमा झिनो योगदान गरेका छन् । राजनीतिक अस्थिरता, बन्दहड्ताल जस्तो गतिविधिबाट लगानीकर्ता निरुत्साहित भएका बताउँदै वाणिज्यदूत अग्रवाल त्यस्ता क्रियाकलाप सधैँका लागि अन्त्य भएमा चेक गणतन्त्रबाट मात्र नभई अन्य मुलुकबाट पनि प्रत्यक्ष वैदेशिक लगानी भित्र््याउन कठिन नहुने विचार व्यक्त गर्छन् । प्रधानमन्त्री सुशील कोइराला, ऊर्जामन्त्री राधादेवी ज्ञवाली, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल बहादुर थापा, उद्योगमन्त्री महेश बस्नेत र वरिष्ठ सरकारी अधिकारीहरूसँग मन्त्री म्लादेकको नेतृत्वको प्रतिनिधिमण्डल ले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । रासस

Post a Comment