0
नेपाल हस्तकला महासंघको हालै सम्पन्न ३४ औं वार्षिक साधारणसभाबाट कास्की पोखरा हस्तकला संघ उत्कृष्ट संघबाट सम्मानित भएको छ । विभिन्न १४ जिल्लामध्ये कास्की उत्कृष्ट हुन सफल भएको हो । कास्की पोखरा हस्तकला संघकी अध्यक्ष हिरा भट्टराईले रु. ५० हजार रुपैया र तामपत्र सहित सम्मान ग्रहण गरिन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव श्री लिलामणिले नेपाली कला र संस्कृतिको जगेर्ना र रोजगारी सिर्जनाका साथै गरिवी निवारणमा हस्तकला व्यवसायको महत्वपूर्ण भूमिका रहँदै आएको बताए ।
सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन भएका वस्तु तथा सेवा निर्यात गर्दा झन्झट व्यहोर्दै आएको बताए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री नारायण गोपाल मलेगोले हस्तकलाको व्यापार बढाउनमा सर्बत्र क्षेत्रबाट पहल गर्नु पर्ने तथा हस्तकला प्रदर्शनी स्थलको लागि पहल भईरहेको जानकारी दिए।
नेपाल उद्योग परिसंघका अध्यक्ष श्री सतिश कुमार मोरले हस्तकलाको उत्पादनमा बृद्धि गरी हस्तकला क्षेत्रमा भएका कमी कमजोरीहरु हटाउने हो भने  व्यवसायीहरुको हौशला बढ्न जाने हुँदा त्यसतर्फ पनि सरकारले ध्यान पु¥याउनु पर्नेमा जोड दिए ।

Post a Comment

 
Top