0
प्रगतिशील उच्च माध्यमिक विद्यालय, सल्यानको स्वर्ण जयन्ती बिहीबारदेखि सुरु भएको छ । तिन दिनसम्म सञ्चालन हुने कार्यव्रmमको एक समारोहका बिच विद्यालयका संस्थापक प्रधानाध्यापक पिताम्बर पौडेलले उद्घाटन गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोषनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक नन्दप्रसाद पौडेल, प्रधानाध्यापक नारायणप्रसाद पौडेल, पूर्व स्रोत व्यक्ति डिल्लराज शर्मा, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य मानबाहानुर केसी, एमालेका क्षेत्रिय अध्यक्ष विष्णुबहादुर केसी, एमाओवादीका जिल्ला सदस्य विष्णुबहादुर केसी, शिक्षक अमरराज पोखरेल, हरिबहादुर केसी, गोविन्द पौडेललगायतले बोलेका थिए । कार्यक्रममा दलित, गरिब तथा जेहेनदार छात्रवृत्ति तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । २०२१ सालमा स्थापना भएको यस विद्यालयको स्वर्ण महोत्सव विद्यार्थी सांस्कृतिक कार्यक्रम, विद्यालय र शिक्षा क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने व्यक्तित्वहरुको सम्मान कार्यक्रम, ख्याती प्राप्त कलाकारहरुको सांस्कृति प्रस्तुति, पुरस्कार वितरण लगायतका कार्यक्रमसहित १७ गते समापन गरिने प्रचार समितिका संयोजक विष्णु के.सी.ले जानकारी दिए ।  जिल्लाको ग्रामिण क्षेत्रमा रहेर पनि यस विद्यालयले जिल्ला र केन्द्रीय स्तरमा समेत विभिन्न क्षेत्रका अगुवाहरुको उत्पादन गर्दै आएको छ । राजनीति, शिक्षा र समाजसेवाको क्षेत्रमा सल्यानीहरु कास्की जिल्लामा अग्रपंक्तिमा आउँछन् । ‘स्वर्ण जयन्तीले विद्यालयको विगत, वर्तमान र भविष्यलाई दिशानिर्देश गर्ने’ प्रचार समितिका संयोजक केसी बताउँछन् ।

Post a Comment

 
Top