0
पोखराको लेकसाइडमा रहेको श्री तालवाराही उच्च माविमा रहेको बालमैत्री क्लवको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई तस्वीरमा उतारेका थिए । प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु सहभागी भएको क्लवका उपाध्यक्ष रमेश शाहले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । कार्यक्रम अध्यक्ष सामना बुढामगरको अध्यक्षतामा भएको थियो ।

Post a Comment

 
Top