
हिमाली सांस्कृतिक परिवार पोखराका वरिष्ठ उपाध्यक्ष वुद्धिप्रसाद गुरुङ, कर्णबहादुर गुरुङ र रिना गुरुङ निर्णायक रहेको कार्यक्रममा विद्यालयका शिक्षक बाबुराम अधिकारी, विद्यालयका प्रअ गोविन्द प्रसाद सिग्देल, शिक्षक अभिभावक संघका अध्यक्ष शिरोमणि बराल, पोउमनपा १२ का वडा सचिव अर्जुन प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रामबहादुर बसेल, मायादेवी तझ्या, शैक्षिक योजना समितिका संयोजक टीकाराम कोइराला, विद्यालयका प्रिन्सिपल तोलाकान्त न्यौपाने, शिक्षक बोधराज गौतम र कार्यक्रम संयोजक भोजराज बाँस्तोला लगायतले आ–आप्mनो भनाइ राखेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य ऋषवदेव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा कास्की क्षेत्र नं. २ की सभासद शारदा पौडेलले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् भने स्थानीय समाजसेवी पूर्णमान श्रेष्ठले सम्पूर्ण खर्च आफैले व्यहोर्ने गरि स्वर्णद्वार निर्माण गर्ने भएका छन् ।
स्वर्णद्वारको शिलन्यास शनिबार गरिएको र निर्माणमा ४ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर कार्कीले ५१ हजार, मोहनचन्द्र राजनले ६० हजार, रामबहादुर बसेलले २५ हजार पाँच, विद्यालयका प्रिन्सिपल तोलाकान्त न्यौपानेले २५ हजार पाँच रुपैयाँ, काशी बसेलले २५ हजार, क्या. ढोलबहादुर गुरुङले ११ हजार १११, नन्दमाया थापाले १० हजार ५ सय, विद्यालयका प्रअ गोविन्दप्रसाद कार्कीले ११ हजार १११, प्राध्यापक टिकाराम कोइरालाले २१ हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् ।
यसैगरी तीर्थलाल श्रेष्ठले १० हजार पाँच, सुशिलकुमार गोशलीले १० हजार, रमेशबहादुर कार्कीले १ हजार, विष्णुप्रसाद कोइरालाले ५ हजार ५ सय ५, कृष्णप्रसाद कोइरालाले ५ पाँच हजार १ सय ५५, रामबहादुर कार्कीले ५ हजार ५, विनायक रञ्जितले ५ हजार, किरण घिमिरेले २ हजार पाँच सय, मनोहरि पौडेलले २ हजार पाँचसय, नरेश द्वाले २ हजार र प्रेमबहादुर श्रेष्ठले १ हजार रुपैयाँ विद्यालयको स्वर्ण महोत्सवका लागि सहयोग गरेको विद्यालयले जनाएको छ ।
Post a Comment