
समितिको वरिष्ठ सल्लाहकारमा गुञ्जबहादुर सापकोटा, सल्लाहकारहरुमा ऋषि सापकोटा, वोधराज सापकोटा, नरवहादुर सापकोटा, प्रकाशचन्द्र सापाकोटा, गुणराज सापकोटा र ओमप्रकाश सापकोटा चयन भएका छन् । साधारणसभाले समितिका निवर्तमान अध्यक्ष गुञ्जबहादुर सापकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । समितिमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
उनले आफ्नो तर्फबाट मन्दिर परिसरमा एक मन्दिर निमार्ण गर्ने वचन दिएका छन् । कार्यक्रममा सापकोटा कुल संरक्षण समितिका सचिव वोधराज सापकोटाले आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन र सतल निर्माण समितिका संयोजक नरवहादुर सापकोटाले निर्माण आर्थिक गतिविधिका वारेमा जानकारी गराएका थिए ।
समितिले छिट्टै नै मन्दिर जाने वाटो निर्माण गर्ने वर्तमान अध्यक्ष झपटबहादुर सापकोटाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । ‘पहिला हामी मन्दिर पुग्ने बाटो वनाउने प्रयत्नमा जुट्ने छौं’ गोल्डेन न्यूजसंग कुरा गर्दै उनले भने–‘त्यस पछि सापकोटा वन्धुहरुको सहयोगमा मन्दिरलाई व्यवस्थित गर्दै लैजाने छौं ।’
यसगैरी शनिबार नै सापकोटा कुल मन्दिर सुन्दरपुरी हेमजामा पञ्चरुद्री पुजा सम्पन्न गरिएको समितिका सचिव वसन्तबहादुर सापकोटाले जानकारी दिए । पूजामा ७० घर परिवारको सहभागि भएका थिए । समितिले अर्को वर्ष वलि पूजा गर्ने समेत जनाएको छ । सापकोटा कुल संरक्षण समिति हेमजा कास्कीका अध्यक्ष गुञ्ज बहादुर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सचिव वोधराज सापकोटाले गरेका थिए ।
Post a Comment