0
तमु धिं नेपालले आफ्नो रजतवर्षको अवसरमा तमुवान भुमिको राजधानी पोखरा १७ पार्दी बिरौटाचोकलाई तमु ह्युल चोक घोषणा गरी निर्माण गरिएको स्मारकमा तमु जातिको पहिचान झल्कने प्रतिकात्मक तमु तमुस्योको शालिक निर्माणका लागि सहयोगको क्रम तीव्रता पाएको छ । तमु जातिको पहिचान जीवन्तताका लागि उक्त शालिक निर्माण तथा प्रतिस्थापनका लागि ग्लोबल कलिजियट उच्च माविमा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत १६ वर्षिय विद्यार्थी कृपा गुरुङले  पुरस्कार वापत प्राप्त गरेको ९ हजार एक रुपैयाँ सहयोग प्रदान गरेका छन् । गत एसएलसी परीक्षामा ८६ दशमल ८८ प्रतिशत अंकका साथ पोखरामै तमु छात्राहरुमा सर्वोत्कृष्ट अंक प्राप्त गरेकी पोखरा १० अन्नपूर्ण निवासी कृपाले हालै गण्डकी कलेज अफ इञ्जिनियरीङ एण्ड साईन्स कलेजद्वारा आयोजित आइटी महोत्सवमा सम्पन्न निवन्ध लेखन प्रतियोगितामा प्रथम हुनुभई प्राप्त गर्नुभएको ५ हजार रुपैया, सोपाल तमु समाजको रजत जयन्तीमा मेखा स्मृति पुरस्कार स्वरुप प्राप्त २ हजार पाँच सय र जनकल्याण तमु समाजले एसएलसीमा सर्वोत्कृष्ट अंक प्राप्त गरेवापत प्राप्त पुरस्कार १ हजार पाँच सय रुपैयाँ तमु तमुस्योको सालिक निर्माण तथा प्रतिस्थापनका लागि सहयोग प्रदान गरेका हुन् । यसैैगरी शालिक निर्माण तथा प्रतिस्थापन सहयोग अभियानमा गुरुङ फिल्म एशोसिएशन (जिफान)ले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । जिफानको शनिवार सम्पन्न बैठकले संस्थाको कोषबाट १० हजार रुपैयाँ र अन्य रकम जिफानका सदस्यहरुबाट संकलन गरी तमु तमुस्यो शालिक निर्माण तथा प्रतिस्थापन समितिलाई प्रदान गर्ने भएको हो ।
तमु समुदायको पहिचान र पर्यटन प्रवद्र्धनको केन्द्र समेत बनाउने लक्ष्यका साथ शुरुवात गरिएको  उक्त योजनामा तमु धिं युकेले ५ लाख ५० हजार रुपैया संकलन गरिसकेको र अझै सहयोग संकलनको अभियान जारी रहेको तमु धिं युकेका नेपाल प्रतिनिधि समेत रहेका छन् ।

Post a Comment

 
Top