
एथलेटिक्समा टप्सले चार स्वर्ण जित्दा भाष्कर, सृजना, सोसल, मेरीगोल्ड र बेसलाइन एकेडेमीले भने एक–एक स्वर्ण जितेका छन् भने जुनियर फुटबलमा ढुंगेसाँघु बोर्डिङ स्कुलले स्वर्ण जितेको छ । सोमबार नै भएको एक सय मिटर छात्र दौडमा सृजना उमाविका राज बस्नेत प्रथम, बालोदय उमभाविका राजन थापा द्वितीय र भाष्कर मेमोरियल बोर्डिङ स्कुलका चविन पुन तृतीय भएका छन् । छात्र हाइजमपमा मेरीगोल्ड बोर्डिङ स्कुलका कविन पुन प्रथम, बालोदय उमाविका राजन थापा द्वितीय र शिशुकल्याण बोर्डिङ स्कुलका अमित ठकुरी तृतीय भएका छन् । यस्तै छात्रा भलिबलतर्फ टप्स उमावि र केफ उमावि फाइनलमा प्रवेश गरेका छन्। सोमबार भएको पहिलो सेमिफाइनल खेलमा टप्सले नोभल इन्टरनेशनल स्कुललाई सोझो तीन सेटमा पराजित ग¥यो । बेस्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा उसले नोभललाई २५–१८, २५–१९ र २५–१२ ले पराजित गरेको हो । अर्को खेलमा केफ उमाविले हिलपोइण्ट हाइस्कुललाई ३–२ को सेटमा पराजित ग¥यो। पहिलो सेट २५–२१ ले जितेको केफले दोस्रो सेट २५–२१, र तेस्रो सेट २५–२३ ले आप्mनो पक्षमा पा¥यो । चौथो सेट २०–२५ ले हिलपोइण्टलाई सुम्पियो तर अन्तिम सेट केफले १५–१३ ले हात पार्दै आफूलाई उपाधिको नजिक बनाउन सफल भयो तेस्रो स्थानको लागि मङ्गलबार हिलपोइण्ट र नोभेलबीच प्रतिस्पर्धा हुनेछ भने टप्स उमावि र केफ उमाविबीच बुधबार फाइनल हुने प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
छात्रतर्फ समूह ए बाट हिलपोइण्ट हाइस्कुल र भाष्कर मेमोरियल बोर्डिङ स्कुल तथा समूह बी बाट मेरीगोल्ड बोर्डिङ स्कुल र रिभरडेल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा रिभरडेल स्कुलले नवदीप बोर्डिङ स्कुललाई २५–१७, २५–१८, भाष्कर मेमोरियल बोर्डिङ स्कुलले ताराकुञ्ज बोर्डिङ स्कुललाई २५–१२, २५–१०, मेरीगोल्ड बोर्डिङ स्कुलले नोभेल इन्टरनेशनल स्कुललाई २५–२१, २५–१४, पोखरा पब्लिक स्कुलले अल्फ बोर्डिङ स्कुललाई २५–१९, २५–२०, टप्स उमाविले हिलसाइड बोर्डिङ स्कुललाई २५–१६, २५–१४, रिभरडेल स्कुलले पोखरा पब्लिक स्कुललाई २५–१५, २५–९ ले पराजित गरेका छन् ।
Post a Comment