त्यस्तै ४० वर्ष भन्दा माथिका मास्टर्सका विजेता सन्तराम विकलाई नगद २ हजार सहित प्रमाणपत्र वितरण गरिएको छ । विद्यालयस्तरमा विजयी हुने खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । पर्यटकहरुमा विजयी हुनेलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पर्वतारोहण संघका महासचिव ठाकूरराज पाण्डेले साइकिलबाट नेपालको पर्वतीय स्थलको प्रचारप्रसारमा मद्दत पु¥याउने बताउँदै प्रतियोगिताले साइकल चलाउन रुचाउनेहरुलाई थप उर्जा प्रदान गर्ने बताए । कार्यक्रममा प्रहरी उपरीक्षक बसन्त लामाले नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा साइकल सिटी सदस्य तीर्थराज अवस्थी र अजय कोइरालाले गर्न लागेको नेपाल यात्राको क्रममा बिदाई समेत गरेका थिए । ‘रक्तदान जीवनदान, स्वास्थ्य वातावरण पर्यटन र साइकलबाट पर्यटनको लागि सहयोग गरौं’ भन्ने नाराका साथ अवस्थी र कोइरालाले यात्रा सुरु गर्न लागेका हुन् । साइकल रेस प्रतियोगिता पोखराको माउन्टेन म्यूजियमबाट सितापाइला हुदै दोबिल्ला, भरतपोखरी, निर्मल पोखरी, दोप्परे, डेभिज्फल हँुदै २४ किलोमिटरमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता साइकल सिटीका अध्यक्ष कमलमोहन कोइरालाले गरेका थिए भने सञ्चालन संस्थाका सचिव प्रकाश बज्राचार्यले गरेका थिए ।
Post a Comment