
लेखनाथबाट गायन, खेलकुद, नृत्य, बाद्यबाधन लगायतका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसैगरी गायक तारापति सुवेदी, चन्द्र शर्मा, जीवन दाहाल र शिवहरि ढुंगानालाई गायनको क्षेत्रबाट महोत्सवलाई सहयोग गरेको भन्दै सम्मान गरिएको बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले बताए । महोत्सवमा विभिन्न विधामा उत्कृष्ट स्टललाई पुरस्कृत गरिएको थियो । अटो तर्फ एल आई मोटर्स प्रा.लि, संघ संस्था तर्फ युनाईटेड रिपरेन्स ल्यावरोटरी, मेशिनरी तर्फ राप्त टे«डिङ कम्पनी प्रा.लि उत्कृष्ट भएका छन् ।
यसैगरी लेखनाथ पेभेलियनतर्फ विज्ञ फ्रेस एण्ड फ्राइज हाउस, हस्तकला तर्फ जय सन्तोषी मूर्तिकला केन्द्र, साधारणतर्फ ग्रिन व्लथ इन्डिष्ट्रिज, गार्मेन्ट तर्फ बड्गामी स्टोर्स, डेरीतर्फ सफल डेरी, फुडफेस्टितर्फ बाजेको सेकुवा, कृषित र्फ लिवर्ड वीउविजन, कृषि प्रदर्शनी तर्फ एग्रिकल्चर प्रोडक्ट एण्ड मार्केटिङ सेन्टर प्रा.लि र कृषि सहकारी माझठाना उत्कृष्ट भएका छन् ।
यसैगरी लेखनाथ महोत्सवको विशेष आकर्षण लुकेको प्रतिभाको खोजी अभियान अन्र्तगत गायन विधाको गण्डकी ताराको उपाधि आरती सापकोटाले जितेकी छन् । कास्कीको थुमाकोडाँडा घर भएकी सापकोटाले उपाधिसँगै नगद ५० हजार रुपैया हात पारेकी छन् । यसैगरी लेखनाथ नगरपालिका वडा नं. १५ का दिपक वि.क उपविजेता बनेका छन् । उनले २५ हजार नगद प्राप्त गरेका छन् ।
स्याङजा ओरष्टेका सुविन सेन्चुरी तेश्रो र लेखनाथका दिपेश पुन सान्तवना भएका छन् । सेन्चुरी र पुनले १० र ५ हजार रुपैया प्राप्त गरेका छन् । एक सय जना प्रतिस्पर्धीलाई पछाडि पार्दै फाइनलमा चार जना पुगेका थिए ।
Post a Comment