0
विभाजित भएको बैद्य माओबादीको कास्कीमा जिल्ला सदस्यहरु न्यून मात्र रहेका छन् । कास्कीको यस अघिका नेतृत्वमा रहेका नै बिप्लव समूहमा लागेपछि पछि बैद्य माओवादीमा कार्यकर्ता न्यून मात्र रहेका छन् । माओवादीमा यस अघि कास्की जिल्ला कमिटीमा ३२ जना सदस्य रहेका थिए । ३२ जनामा ७ जना मात्र बैद्यमा रहेका छन् भने अरु २५ जना विप्लवले नेतृत्व गरेको माओबादीमा आवद्ध भएका छन् । नवगठित माओवादीका सेक्रेटरी साबित्रा दुराले एक विज्ञप्ती निकालेर अधिकांश जिल्ला सदस्यहरुले विप्लवको एकीकृत क्रान्तिको कार्यदिशालाई समर्थन गरेको बताएकी छन् । जिल्ला कमिटीको बैठक बसेर एकमुस्ट रुपमा विप्लवको पार्टीलाई समर्थन गरेको विज्ञप्तीमा जनाईएको छ । बाँकी रहेका अन्य साथीहरु पनि अहिले अध्ययनकै क्रममा रहेकोले छिट्टै आफ्नो पार्टीमा समाहित हुने दुराले बताईन् । क्रान्ति गर्न भनेर एमाओबादीबाट अलग भएकोले क्रान्तिको ऐजेण्डामा प्राय सबै नेता तथा कार्यकर्ता सहमत भएको दुराको भनाई थियो ।  संस्थापनको पार्टी कार्यालय नै विप्लव पक्षले नै चलाईरहेको छ ।

Post a Comment

 
Top