0
लेखनाथको भण्डारढिकमा जारी एघारौं लेखनाथमा महोत्सवको चौथो दिन ५० लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । आइतबार रेष्टुरेण्ट र लत्ताकपडाको कारोबार उत्कृष्ट रहेको प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैगरी कृषिजन्य उत्पादनमा समेत राम्रो कारोबार भएको कृर्षि उपसमितिका संयोजक दयाराम तिवारीले बताए । तिवारीका अनुसार आइतबार मात्रै झण्डै तीन हजार केजी सुन्तला विक्री भएको छ । महोत्सवमा कालिका, माझठाना, रुपाकोट, भरतपोखरी, थुम्की र हंसपुरसम्मका कृषकले सुन्तला विक्रीका लागि ल्याएका छन् । तिवारीले गत बर्ष पुषमा महोत्सव गर्दा सुन्तला पुर्याउन हम्मे हम्मे परेकोमा यसपटक भने त्यति कठिनाई नभएको बताए । सुन्तलाको सिजन भएर पनि आपूर्तिमा सहज भएको तिवारीको भनाई छ । महोत्सवमा जाडो यामलाई लक्षित गरि ल्याइएको न्यानो कपडाको कारोबार समेत उल्लेख्य भएको छ । लेखनाथ महोत्सवमा ग्रामिण क्षेत्रका दर्शकहरु धेरै आउने भएकाले पनि यस्ता सामग्रीको कारोबार राम्रो भएको संघका कोषाध्यक्ष क्षत्रधर आत्रेयले जानकारी दिए । दैनिक जसो जाकेट, स्विटर, ओभरकोट, फाइवरका सिरक, व्ल्याङकेट लगायतका लत्ता कपडाको कारोबार राम्रो भएको छ, आत्रेयले भने— “कतिपय दर्शकले बार्षिक क्यालेण्डर नै बनाएर लेखनाथ महोत्सवलाई कुरेर बस्छन् ।” महोत्सवमा फेन्सी र लत्ता कपडाका मात्रै ३० भन्दा बढी स्टलहरु राखिएको छ ।
महोत्सवको आकर्षण लोकगायन विधाको गण्डकी ताराको अडिसन राउण्डबाट १६ जना छनौट भएका छन् । दोश्रो चरणका लागि विकास वि.सी, आरजु वि.क, अनिल कुमार ढकाल, नबराज न्यौपाने, तिलक सुनार, सुरज सुनार, निकिल गुरुङ्ग, नेत्र नारायण पराजुली रहेका छन् ।

Post a Comment

 
Top