0
पोखरा उपमहानगरपालिकामा गाभिएका १० वटा गाविसको क्षेत्र तथा वडा विभाजन गरिएको छ । जसमा सबैभन्दा पहिलो लामाचौर गाविसलाई १९ र सबैभन्दा अन्तिममा अर्मला गाविसलाई वडा नम्बर २८ कायम गरिएको छ । यस्तै भलामलाई वडा नम्बर २०, काहुँलाई २१, आवाविजयलाई २२, निर्मलपोखरीलाई २३, कृष्ति नाच्नेचौरलाई २४, पुम्दीभुम्दी गाविसलाई २५, सराङकोटलाई २६ र हेमजालाई वडा नम्बर २७ तोकिएको छ । नगरपालिकामा गाभिएका गाविसका सचिवहरुले भने थप भएका गाविसमध्ये ठूला गाविसहरुलाई २ वटा वडा तोकिनुपर्ने माग गरेका छन् । हेमजा गाविस र सराङकोट गाविस अन्य गाविसको तुलनामा ठूला भएकाले २÷२ वटा वडा दिनुपर्ने उनीहरुको माग छ । यो बिषयमा हेमजा गाविसले गाविसको निर्णय नै गरेर सरोकारवालाहरुलाई जानकारी गराईसकेको छ । यसलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुबेदीलाई हस्तान्तरण गरिने हेमजा गाविसका सचिव प्रभाकर घिमिरेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसअघि १८ वटा वडा रहेको पोखरा उपमहानगरपालिकामा थपिएका गाविसबाट १० वटा वडा थप गरी २८ वडा पु¥याईएको छ । यसैगरी, नयाँ गाभिएको लामाचौर गाविसलाई सोमबार एक कार्यक्रमका बीच पोखरा उपमहानगरपालिकाको नयाँ वडाका रुपमा हस्तान्तरण गरिने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डाक्टर सोमलाल सुवेदीले लामाचौर गाविसलाई पोखरा उपमहानगर पालिकामा हस्तान्तरण गर्नुहुनेछ । लामाचौर गाविसलाई सरकारले पोखरा उपमहानगरपालिकाको १९ नम्बर वडा हुने गरी गत मंगलबार पोखरा उपमहानगरपालिकामा समायोजन गरेको थियो ।

Post a Comment

 
Top