
महोत्सवलाई थप रोचक बनाउन राष्ट्रिय स्तरका दोहोरी, हाश्य व्याङगय र पप विधाका कलाकारहरुले प्रस्तुति गर्दा दर्शकहरु रमेको देखिन्थ्यो । प्रीति आले र मिलन लामाको दोहारीमा क्षेत्रीय प्रशाशक दिनेश कुमार थपलिया र प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले अत्यन्तै उत्साहित भई दोहोरी गाउँदै नाचेका थिए भने महोत्सवको सफलताका लागि शुभकामना समेत दिएका थिए । महोत्सवको आकषणको रुपमा रहेका खुल्ला कविता प्रतियोगितामा नवराज अधिकारी प्रथम, विक्रम परियार द्वितीय र नारायण बाँस्तोला तृतीय भएको संयोजक वसन्तमोहन शर्माले जानकारी दिए । यसैगरी वालवालिका लागि वाल उद्यान, वृद्ध वृद्धालाई लोक दोहोरी र युवा–युवतिका लागि ख्यातिप्राप्त कलाकारको पप कन्सटले महोत्सव स्थललाई दर्शक आउने क्रम बढेको महोत्सवका सह–संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले बताए । महोत्सवको चौथो दिन आइतबार गण्डकी ताराको अडिसन लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा हुने साथै विद्यालय स्तरीय चाईल्ड ट्यालेन्ट सो कार्यक्रम पनि संचालन हुने भएको छ ।
त्यसैगरि महोत्सवको चौथो दिन उपस्थित दर्शकहरुलाई थप मनोञ्जन दिनका लागि लोक दोहोरीका चर्चित हस्ती कृष्ण देवकोटा, प्रकाश सुपुथ, प्रदिप त्रिपाठी, संझना लामिछाने मगर, निशा पोख्रेल, तुलशा जि.सी. लगायतको दोहोरी हुने भएको छ भने पप तर्फ जुना प्रसाई र हेमन्त शर्माको प्रस्तूती रहने र हाश्य तर्फ नेपाल टेलिभिजनका चर्चित हास्य कलाकार डिस्टा शाव र दमन रुपा खेतीको प्रस्तुति रहनेछ ।
Post a Comment