
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा सिनियरतर्फ १० तथा जुनियरतर्फ १२ खेल सम्पन्न भएका छन् । सिनियर लेभलको खेलमा बेसलाइन एकेडेमीले लिटिल स्टेप उमाविलाई २–०, प्रगति उमाविले रेन्बो एकेडेमीलाई २–०, सरस्वती उमाविले नवदीप बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–३, पोखरा पब्लिक उमाविले गोल्डेन प्mयुचर बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–२ तथा नोभल एकेडेमीले डिज्नील्याण्ड बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–० ले पराजित ग¥यो । यस्तै बेथानी बोर्डिङ स्कुलले बालप्रभात बोर्डिङ स्कुललाई ६–१, हिमाञ्चल बोर्डिङ स्कुलले बालकल्याण उमाविलाई टाइब्रेकरमा ५–३, विद्यानिकेतन स्कुलले माउण्ट अन्नपूर्ण उमाविलाई २–१, फिस्टेल उमाविले सनप्mलावर बोर्डिङ स्कुललाई ३–० तथा सोसल पब्लिक स्कुलले बालविद्या उमाविलाई ३–१ ले पाखा लगायो ।
Post a Comment