0
पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार क्लबस्तरीय क्रिकेट प्रतियोगिता टुंगिएको छ । एकसाता लामो सञ्चालित प्रतियोगितामा पाँच क्लबबाट शनिबार १४ जना खेलाडी छनोट गरिएको छ । छनोट गरिएको टोलीले सोमबारदेखि क्षेत्रीय छनोटको लागि प्रतिस्पर्धा गर्ने छन् । रिजन प्रजुको कप्तानीमा विधान श्रेष्ठ (उपकप्तान), दिपेश खत्री, करण केसी, शिव सुवेदी, चन्द्रकुमार गुरुङ, राजेश शाही, राजेश श्रेष्ठ, अश्विनी रानामगर, अगेन्द्र छन्त्याल, ध्रुव कार्की, अनुप गुरुङ, विवेक तिवारी र सुदिप पौडेललाई छनोटमा परेका हुन् । टोलीको प्रशिक्षकमा भोजबहादुर गुरुङ र म्यानेजरमा विष्णुकान्त सिग्देल रहेका छन् । छनोटभएको कास्कीको टोलीले स्याङजा र चितवनसँग प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धाबाट क्षेत्र नं ८ पोखराको लागि १४ सदस्यीय टोली चयन गरिने छ ।

Post a Comment

 
Top