0
११औंंँ महिला स्वयम्सेविका दिवसका अवसरमा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आ–आफनो क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वयम्सेविकाहरूलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरूमा अर्घाखाँचीका सीमा श्रेष्ठ, गोरखाका राधिका कुमाल, कपिलवस्तुका मालती हरिजन, कास्कीका निर्मला गुरुङ, लमजुङका शान्ता सापकोटा, मनाङका गजकुमारी गुरुङ र मुस्ताङका माया परियार छन् । यस्तै, म्याग्दीबाट कविता के.सी, नवलपरासीबाट देवकला बराल, पाल्पाबाट विमला पाण्डे, रुपन्देहीबाट रुक्मा चौधरी, स्याङ्जाबाट कृष्णकुमारी अर्याल र तनहुँबाट हुमा दरै पनि पुरस्कृत भएका छन् । क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले उत्कृष्ट स्वयम्सेविकालाई पुृरस्कार प्रदान गरेका थिए ।

Post a Comment

 
Top