0
पर्यटकीय पोखराको लेकसाईडमा अर्को एक होटल थपिएको छ । काठमाण्डौका सञ्चारकर्मी ज्ञानेन्द्र थापा र पोखराका होटल व्यवसायी जीवन बानियाँले ३ करोड बढीको लगानीमा होटल ब्लूबेरी प्रालि सञ्चालनमा ल्याएका हुन् । आईतबार होटल परिसरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक ज्ञानेन्द्र थापाले होटल सञ्चालनमा ल्याईएकोबारे जानकारी दिएका हुन् । लेकसाईड ६ स्थित नारेस्वर चोकमा रहेको सो होटलमा १८ वटा सुविधा सम्पन्न कोठाहरु रहेको उनले बताए । ती कोठाहरु मध्ये १२ वटा एट्याच बाथरुम र बाँकी सामान्य रहेको पनि उनले जानकारी दिए । कोठाहरुको मुल्य एक दिनको ५ सय पचासदेखि २२ सय रुपैयाँ सम्म तोकिएको अर्का सञ्चालक जीवन बानियाँले बताएका छन् ।
पर्यटकीय गतिविधि बढ्दै गएको समयमा लेकसाईड नै पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको छ । सिजनको समयमा पर्यटकहरुलाई होटल समेत अभाव हुने गरेको विषयलाई मध्यनजर गर्दै होटलमा लगानी गरेको सञ्चालक द्धयको भनाई छ । साथै क्षेत्रीय अन्तर्राष्टिय विमानस्थल निर्माण पश्चात स्वतः पर्यकटकको आगमन बढ्ने भएकाले पनि होटलमा लगानी आवस्यक रहेको सो अवसरमा बताईयो । यसैबीच होटलले अपांगहरुका लजिंग सेवामा १० प्रतिशत छुटको योजना समेत ल्याएको छ । यो सेवा सधँै लागू हुने बताईएको छ । जसले गर्दा अपांगहरुका लागि केही हदसम्म सुविधा पुग्ने सञ्चालकको विश्वास छ । साथै होटलको भुईतला अपांग मैत्री तवरले निर्माण योजना समेत रहेको बताईएको छ । उद्घाटनको अवसरमा म्ांशिर मसान्त सम्म सम्म लजिंगमा सम्पूर्ण अतिथिहरुलाई ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको बताईएको छ । 

Post a Comment

Top