
कास्कीको जिल्ला विकास समितिबाट समेत १ लाख सहयोग मिल्ने श्रेष्ठले कार्यक्रममा बताए । केही कारणबस त्यति रकम संकलन हुन नसकेको अवस्थामा आफ्नो नाममा रहेको केही जग्गा बेचेर भएपनि आफूले उक्त कामलाई सफल पार्ने प्रतिबद्धता समेत कार्यक्रममा श्रेष्ठले गरेका छन् ।
त्यस्तै अभियानकर्ताका संयोजक विश्वमोहन गौचनले आजको युगमा हरेक एच.आइ.भी संक्रमित व्यक्तिलाई समाजले अपहेलनाको दृष्टिकोणले नभई माया र साथले हौसला प्रदान गर्न जरुरी रहेको औल्याए । श्रेष्ठले आफ्नो जग्गा नै बेचेर भएपनि अभियानलाई सफल पार्ने प्रतिबद्धता जनाएपनि आफूहरुले त्यस्तो गर्न नदिने र २०१५ मा रकमको अभावले अभियान सफल पार्न नसकेपनि २०१६ मा जसरी भएपनि सफल पारिने जनाएका छन् ।
त्यस्तै सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठले सहयोगका लागि विभिन्न संस्थाहरुलाई प्रस्ताव गरिएको जानकारी दिएका छन् । साथै कुनै पनि एच.आइ.भी संक्रमित व्यक्तिहरुलाई सगरमाथा आरोहणका लागि रकम नभई इच्छाशक्तिको आवश्यक हुने बताएका थिए । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले समेत आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
अभियानका संयोजक विश्वमोहन गौचनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठले गरेका थिए । गोपाल श्रेष्ठ विगत १० वर्षदेखि एच.आ.भी संक्रमित छन् । साथै आफू संक्रमित भइसकेपछि लामो समयदेखि यस क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । साथै श्रेष्ठ विगतमा राष्ट्रिय ए डिभिजन फुटबल क्लबबाट फुटबल समेत खेलिसकेका छन् ।
Post a Comment