0
प्याब्सन कास्कीको आयोजना सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा आइतबार सिनियरतर्फ १० तथा जुनियरतर्फ १२ खेल सम्पन्न भएका छन् ।  सिनियर लेभलको खेलमा हिलपोइण्ट हाइस्कुलले मेरीगोल्ड बोर्डिङ स्कुललाई टाइब्रेकरमा ३–२, अल्फा बोर्डिङ स्कुलले सूर्योदय बोर्डिङ स्कुललाई ४–२, धौलागिरि बोर्डिङ स्कुलले हिमालयन बोर्डिङ स्कुललाई ५–१, नेपाल आदर्श आउमाविले हिलसाइड बोर्डिङ स्कुललाई १०–० तथा डाइनामिक बोर्डिङ स्कुलले न्यू मोडल उमाविलाई ३–० ले पराजित गरेको छ । यस्तै लोटस एकेडेमीले भाष्कर मेमोरियल बोर्डिङ स्कुललाई ४–२, विन्ध्यश्वरी बोर्डिङ स्कुलले एक्सआर्मी पब्लिक स्कुललाई ४–०, न्यू मिलेनियम एकेडेमीले जेसिएलाई १–०, कञ्चनजंघा बोर्डिङ स्कुलले शिशुनिकेतन बोर्डिङ स्कुललाई २–१ तथा अमरज्योति बोर्डिङ स्कुलले हाइमाउण्ट बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए ।
जुनियर लेभलको खेलमा हिमाञ्चल बोर्डिङ स्कुलले गोल्डेन प्mयुचर बोर्डिङ स्कुललाई १–०, डायमण्ड उमाविले बालविद्या बोर्डिङ स्कुललाई टाइब्रेकरम ५–३, बालोदय उमाविले गोल्डेन नेचर बोर्डिङ स्कुललाई ३–१, रेन्बो एकेडेमीले मनकामना बोर्डिङ स्कुललाई ३–०, कुमुदिनी होम्सले सोसल पब्लिक स्कुललाई टाइब्रेकरमा ५–४ तथा बेसलाइन एकेडेमीले सनप्mलावर बोर्डिङ स्कुललाई ५–० ले पाखा लगायो । यसैगरी चिरगादी बोर्डिङ स्कुलले स्टेप बाई स्टेप उमाविलाई २–०, टप्स उमाविले सगरमाथा उमाविलाई ३–०, शिशुनिकेतन बोर्डिङ स्कुलले हिमालयन बोर्डिङ स्कुललाई २–०, धौलागिरि बोर्डिङ स्कुलले सूर्योदय बोर्डिङ स्कुललाई ४–०, शान्तिनिकुञ्ज बोर्डिङ स्कुलले सरस्वती उमाविलाई ३–० तथा मेरीगोल्ड बोर्डिङ स्कुलले नेपाल आदर्श आउमाविलाई टाइब्रेकरमा ३–१ ले हराएको  फुटबल खेल संयोजक जगत थापाले जानकारी दिए ।

Post a Comment

 
Top