0
कास्कीको माझठाना–६ स्थित रत्नशोभा उ.मा.वि. माझठानामा लागूऔषध सम्बन्धी जनचेतना मूलक  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाको आयोजनामा सम्पन्न कार्यक्रम सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष राजेश भण्डारीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य गोपाल बुढाथोकीले लागू औषधको दुर्ब्यसनमा लागी भविष्य बर्वाद हुन नदिन सामुदायिक सेवा केन्द्रहरुले आयोजना गर्ने यस प्रकारका कार्यक्रमहरुले सकारात्मक सन्देश प्रबाह गर्ने बताए ।   सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका द्वितीय उपाध्यक्ष सोमनाथ बाँस्तोलाले भविष्यका कर्णधारहरुको जीवन र भविष्य बर्वाद हुन नदिन र अभिभावकको सपना साकार पार्न सामुदायिक सेवा केन्द्रहरुले यस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको र यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी ईन्चार्ज प्रहरी नायब निरीक्षक मेघराज गुरुङ, सह प्राचार्य श्याम बहादुर के.सी. लगायत कक्षा ९ र १० गरी ११३ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा गेट वे फाउण्डेशनका परामर्शदाता अमृत कुमार भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए भने कार्यक्रम संचालन सदस्य श्रीकृष्ण तिमिल्सेनाले गरेका थिए ।

Post a Comment

 
Top