0
मान्छेको मनै त हो  रात गए दिनको प्रतिक्षामा बसिरहेको हुन्छ । जहाँ अनेकौँ स्वपनिल महल सजाई आफूभित्रै रम्न खोज्छ मानिस ! हो त्यै मानिस जस्ले सधैँ अरुको भरमा जीवन बिताइरहेको छ । सानो प्रसङ्ग, पिँजडाको सुगाले मानिसलाई सोध्छ, तिमीहरु कसरी सर्वश्रेष्ठ प्राणी भयौं ? आखिर तिमीहरु बुद्धिमान भएर पनि बुद्धिहीन व्यवहारलाई किन अंगालि रहेका छौ ? हे मानिस तिमिहरु दुःखमा भगवान पुकार्छांै, सुखमा भगवानलाई लात्ति हान्न पनि पछि हट्दैनौं । कसरी विलौना गरु म ? कसरी सम्बोधन गरौँ ? आखिर मैले केनै विराएको छु र ? के म पनि तिमि मानिसहरु जस्तै परिवारमा बस्ने इच्छा छैन होला र ? पिँजडामा सीमित तुल्याएर चारैतिर तारबारले जेलिदिएका छांै । हो म पंक्षी हो तर आज तिमीहरु सानो चराको चाहारा खोस्दै छांै । बालबच्चाको विचल्ली पार्दै छौं अनि बन्धनमा पारेर भन्दै छांै पट्टु–पट्टु ! म के उत्तर दिउँ हे मानिस ।
साँच्चैनै यो प्रसङ्ग निकै नै भावनात्मक छ । जहाँ मान्छे भएर जन्म लिई सकेपछि मानवता हुँदैन भने त्यसको के अर्थ ? मानवीय आत्मालाई गोला र बारुद बर्षाउँदै छौं हामी मानिसहरु । सबैलाई थाहा भएकै कुरा हो । जीन्दगीमा सधैँ खुशिका पलहरु उदाईरहेका हुँदैनन् । खुशिको पछाडि दुःखका क्षणहरुले पनि धकेलिरहेको हुन्छ । आज २१ औँ शताब्दिमा आइपुग्दा मानिस मानव होइन दानवमा परिणत हुन्छ । मनमा  रिस, डाह र लोभले मान्छे गालिइसकेको छ । भावना अनि विचारमा कालो धब्बाले ढाकिसकेको छ । यहाँ दिन दिनै आत्मा मार्ने खेल चलिरहन्छ । कहिले धेरै आत्मा खोसिन्छन् त कहिले प्रतिक्षामा बसिरहेका आमाहरुको सिउँदो मेटाइन्छ । के यहिनै हो त मानवीय सभ्यता अनि मानवताको नाता ? आखिर किन एक अर्काबीच सम्बन्धमाथि तिर हान्ने प्रयास हुन्छ । जतिबेलासम्म लोभ र मोहले हामीलाई निम्ता गर्न विर्सदैन त्यतिबेलासम्म हामी मानिस सकारात्मक बाटोमा पाईला बढाउन सक्दैनौँ ।
त्यसैले त जिन्दगीलाई माया र दयामा बदल्न सिक्नु पर्छ । जहाँ माया र आत्मामा रम्न खोज्छांै तब मात्र भगवानले पनि शान्ति छाउन सहयोग गर्छन् । साँच्चैनै हामी एकैछिन कल्पना गरौँ न, सबै मानव जगतले इष्र्यालाई भुलेर सम्बन्ध भित्रको आत्मीय खुशि अनि सद्भावलाई आत्मसात गर्ने हो भने उजाडिएका देशहरुमा कति चमक छाउँथ्यो होला अनि ति अस्ताएका आत्माले पनि भन्ने थिएकी मान्छे साँच्चैनै आज मानवतालाई साक्षी राखेर मानवीय पथमा लम्किरहेको छ । जन्मे पछि मर्नुपर्छ प्रकृतिको चक्रलाई जतिनै मै हुँ भन्नेले पनि बदल्न सक्दैन त्यस्ता व्यक्तिले त केवल सम्बन्ध र सद्भावलाई बदल्दिन सक्छन् । आपसी नाता सम्बन्ध टुक्राउन सरिक हुन्छन् ति भोका नाङ्गा र गरिब निर्दौष व्यक्तिका झुपडी विलिन बनाइ दिन सक्छन् त्यसैले त म भन्दै छु, मानिस राम्रो कुरा भन्दा नराम्रो कुरालाई बढि उत्तेजित भएर तर्क वितर्क गर्ने गर्छ सायद त्यहि भएरनै होला कुनै पनि कुरा या वस्तुहरु बनाउन जति गाह्रो हुन्छ तर त्यहि वस्तु या कुराहरु भत्काउन र बिगार गर्न कुनै बेर नै लाग्दैन ।
यस्तै छ यहाँ गर्नेलाई हैन लड्नेलाई सम्मान हुन्छ, पढ्नेलाई होइन सड्नेलाई आदर गरिन्छ । स्वरका धनिलाई होइन चोरका धनिलाई प्रोत्साहन गरिन्छ । मान्छेका लागि सुखमा कोहि कसैको आवश्यकताको महसूस त के कल्पना पनि आउँदो रहेनछ सुखमा रमाउन कसलाई पो रहर हुन्न र ? गरिब अनि भोक शोक र रोग मा डुब्ने मेरो चाहना होइन । यो सबैको बाध्यता अनि समयको खेल हो । भगवानलाई पनि के नै दोष समयले साथ नदिएपछि त्यहि भएर नै होला कोहि धनभित्र घमण्डको सिङ्गलाई बढाईरहेका छन् भने कोहि धनिका घमण्डी पाउ मोलेर बाँच्नु परेको छ । आज दुःख लागेर आउँछ अनि विरक्त हुन्छु मनमनै ! किन यस्तो भिन्नता र विभेद ? यो कस्तो मानव सम्बन्ध अनि यो कस्तो मानव व्यवहार । मानवता के हो हामी मान्छे को हौँ र हाम्रो कर्तव्य अनि धर्म के हो ? आखिर कर्तव्यलाई भुलेर द्वन्द र लफडाको बाटो पछ्याउनु कतिसम्म उचित हो ? हरेक क्षेत्रको एउटा सीमा परिधि रेखा हुन्छ जव रेखालाईनै फिड्केर अघि बढ्न खोज्नु मूर्खसँग जुवा खेले जस्तै हो । कस्तो हुन्छ मूर्खसँग जुवा खेल्दा तपाइँ कल्पना गर्नु हुन्छ ? सोच्नुस ... अझ धेरै अनि अझ बढि सोच्नुस् आखिर निष्कर्ष त्यहिनै हो मान्छे, मान्छे होइन उ त केवल नाम मात्रको सर्वश्रेष्ठ प्राणी हो ।
जति नै व्याख्या गरेर सुनाएपनि बुभ्mनेलाई श्रृखण्ड नबुभ्mनेलाई त्यहिनै हो खुर्पाको विँड । बुभ्mनुहुन्छ आज अहिलेबाट नै जीवनशैली सोंच र भावनामा परिवर्तन गर्न सिक्नुस् उजाड वस्तीलाई उर्जा प्रदान गर्नुस त्यो उर्जा जसले तपार्इँको एक्लो पहलबाट सारा मानिसको मनमा खुशिको बाहार ल्याउन सकोस् तब सच्चा व्यक्ति गनिनुहुन्छ । सबैको नजरमा आँखाको नानी बन्नुहुने छ । त्यतिमात्र हैन एउटा इमान्दार र सच्चा नेपाली नागरिक बन्नुहुने छ । अरु होइन तपाइ मात्र तपाइ बन्नु हुने छ । सफल बन्न धेरेै टाढा डाँडापारी पुग्न पर्दैन तपाइँकै घर आँगन अगाडि नै सफलता नाचिरहेको हुन्छ ।
सफल व्यक्तिका कैयौँ जीवनी म पढ्छु हजुर पढ्नु हुन्छ हामी सर्ब पढ्छौं कुरा यतिमात्र हो जब तिनै जीवनीलाई सहि रुपमा लिनुहुन्छ अवश्यनै सकारात्मक सोच तपाईको मनमा जाग्छ तर समाजमा केहि यस्ता मानिसहरु पनि हुन्छन् जो अरुको सफलतालाई गिद्धे दृष्टिले हेर्ने गर्छन त्यहि मान्छे अझ ठूलो हुन खोज्छ आँपूmलाई भयङ्कर ठान्ने गर्छ अझ फेरी त्यही मानिस अरुको नजरमा राम्रो बन्न खोज्छ । तसर्थ को असल छ कुन मान्छे कतिसम्म स्वार्थ त्याग गरेर तपाईको दुःखमा साथ दिन्छ त्यो आफूलेनै बुभ्mनुपर्छ ।
हरेक कुराको निणर्य सर्वप्रथम आफूबाट नै लिनुपर्छ केहि त्यस्ता कुरा हुन्छन्, जुन कुरा तपाईँको गलत निर्णय र बेहोसीपनले बर्षांै वर्षसम्म पिरोलिरहन्छन् । समयको ठूलो महत्व हुन्छ । म त समय मेरो पहिलो महत्वको विषयमा राख्छु त्यसैले म आपूm ढुक्क छु कि म समयलाई हिजो आज अनि भविष्यमा भोलि पनि सम्मान गर्ने छु । गन्तव्य क्लीयर छ,  खाँचो छ सकारात्मक सोचको विकास गर्नु छ यो देशको बदल्नु छ यो देशलाई बन्नु छ आत्म निर्भर नेपाली अनि भन्नु छ मेरो देश मेरो नेपाल अनि मेरो गौरब !
विशाल बस्ताकोटी “रिजोन”

Post a Comment

 
Top