0
पोखराको लामाचौरस्थित गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्सको आयोजनामा पोखरामा शुक्रबारबाट पाचौँ जिसिईएस आईटी महोत्सव शुक्रबारबाट शुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल सरकारका मुख्य सचिव लिलामणि पौड्यालले नयाँ पुस्तामा आईटीतर्फ आकर्षण बढिरहेको बताउँदै मुख्य सचिव पौडेलले सरकारले  विद्युतीय कारोबार ऐन र नीति तय भईसकेपछि नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरे । उनले नेपालको एकमात्र आईटी पार्क आउँदो एक महिनामै सञ्चालनमा ल्याउने गरी काम शुरु गरिरहेको जानकारी दिए । सम्पूर्ण मन्त्रालय सूचना प्रविधिको अधिकतम प्रयोगका लागि सक्षम बनाईनुपर्ने आवस्यकता रहेको भन्दै उनले हाल प्रधानमन्त्री कार्यालयमा मात्र रहेको पेपरलेस चिठीपत्र प्रविधि सबै मन्त्रालयमा विस्तार गर्ने योजना सुनाए । देशका सामुदायिक विद्यालयमा हार्डवेयरको विकास भईसकेको दावी गर्दै पौडेलले सफटवयरको विकास आवश्यक रहेको बताए ।  शिक्षाले समाजका विभेद हटाउनुपुर्नेमा अहिलेको शिक्षा विभेदकारी भएको महसुस आँपूmले गरेको भन्दै पौडेलले शहरको जस्तै प्राविधिक शिक्षा गाउँमा रहेका विद्यार्थीरुलाई पनि दिन सकिए देश छिट्टैनै समृद्ध हुने स्पष्ट पारे ।
कार्यक्रममा गण्डकी बोर्डिङ स्कूलका प्राचार्य रविप्रसाद बरालले महोत्सवले सूचना प्रविधिको क्षेत्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । सन् २००३ देखि सप्mटवेयर विषयको प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको बताउँदै बरालले पोखरालाई सप्mटवेयर सिटीको रुपमा विकास गरिनु अहिलेको मुख्य आवश्यकता भएको बताए । शनिबार (आज) सम्म चल्ने सो महोत्सवमा राष्ट्रब्यापि सप्mटवेयर प्रतियोगिता, निःशुल्क रुपमा मोवाईल सप्mटवेयर परीक्षण तथा समस्याको समाधान, आईसिटी टक, उच्च माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता, टाईपिङ प्रतियोगिता, कम्प्युटर हार्डवेयर प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम रहेका छन् । महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरुले सूचना प्रविधिका बारेमा जानकारी लिएका छन् । महोत्सवले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा व्यवसायिक कम्पनी तथा प्रतिष्ठानहरुसंग सम्बन्ध तथा सहकार्य गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

Post a Comment

 
Top