0
पोखरा विश्वविद्यालयमा भइरहेको अनसन तोड्न लेखनाथ नगरवासी र त्यहाँका नागरिक समाजका अगुवा र नेविसंघ पोखरा विश्वविद्यालयले आग्रह गरेका छन । पोखरा विश्वविद्यालय बचाउ अभियान नामक ¥याली पछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख वक्ता नेपाली कांगेसका नेता कल्याणबाबु भण्डारीले विश्वविद्यालयमा शून्यताको स्थिति आउन नदिन र सँधैभरि डेडलकको स्थिति बनाएर विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रसका नेता तीर्थ जंगली, नेपाली कांग्रेस क्षेत्र नं १ का सहसचिव कुमार सुनार, नेपाली कांग्रेस लेखनाथ नगरपालिकाका सभापति राजेन्द्र मणि लामिछाने, नेपाल तरुण दलका नेता सुरज जंग राणा, सागर गुरुङ, सुनिल पुन, मनोज गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए  ।  विश्वविद्यालयका विद्यार्थी र लेखनाथबासीहरुको ठूलो उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीको तर्फबाट स्वतन्त्र बस्नेत , रमेश सुवेदी, रविन केसीले विश्वविद्यालय को पठनपाठन सुचारु गर्न दबाबमूलक कार्यक्रम गर्नु परेको बताएका थिए भने कार्यक्रमको सञ्चालन बिद्यार्थी यामकृष्ण पौडेलले गरेका थिए  ।

Post a Comment

 
Top