0
पोखरा–८ सिमलचौरस्थित अमरज्योति बोर्डिङ्ग स्कूलमा अन्तरसदनात्मक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार भएको प्रतियोगिताको आयोजना अन्तरसदनात्मक भलिबल, फुटबल, व्याडमिन्टन, दौड, रिले दौड, चेस, सटफुट लगायतका प्रतियोगिताहरु मंसिर ३ गतेदेखि संचालन भएको थियो । विद्यालयका संस्थापक शिव प्रसाद गौतमको अध्यक्षतमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि विदेशी शिक्षक फ्रालिलिले खेलकुदले विद्यार्थीहरुलाई अन्तरनिहित प्रतिभाको प्रष्फुटन र चौतर्फी विकास हुने बताए ।   उनले विद्यार्थीहरुलाई विविध रचनात्मक पुस्तक र कार्यक्रमलाई १ सय युरो समेत प्रदान गरेका थिए । सो अवसरमा डेनमार्कका स्वयंसेवक शिक्षक नेपाली नाम कविता र लक्ष्मीहरुले पनि मन्तव्य राखेका थिए । प्रतियोगिता अन्तरगत फुटबलतर्फ निलो सदन प्रथम, रातो सदन द्वितीय, भलिबल तर्फ रातो सदन प्रथम, पहेंलो सदन द्वितीय, छात्रा भलिबल तर्फ पहेंलो सदन प्रथम, ब्याडमिन्टन तर्फ रातो सदन प्रथम, निलो सदन द्वितीय, दौड तर्फ रातो सदन प्रथम, निलो सदन द्वितीय, चेस तर्फ कक्षा १० का आशिष गौतमले प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा छात्रहरुको कवड्डी अन्तरगत पहेंलो सदन प्रथम, रातो सदन द्वितीय भएका थिए । त्यस्तै छात्राहरुको कवड्डी अन्तर्गत निलो सदन प्रथम र रातो सदन द्वितीय भएको थियो । त्ययसैगरी सटफुट अन्तर्गत निलो सदनका कृष्ण गुरुङ्ग प्रथम, रातो सदनका अन्तिम गुरुङ्ग द्वितीय र रातो सदनकै विपिन खड्काले तृतीय स्थान हासिल गरेका थिए ।

Post a Comment

 
Top