0
बुधबार भएको आगलागीका कारण पोखराको पहिलो सरकारी भवन नष्ट भएको छ । पोखरा उपमहानगरपालिका वडा नं. २ स्थित विन्ध्यवासिनी मन्दिरमा रहेको उक्त भवन पुरानो माल अड्डाका रुपमा पनि परिचित रहेको थियो । बुधबार दिउसो ४ बजे तिर विद्युत सर्ट भै आगलागी भएको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए । उनले पुरानो भवन भएकाले पुरातात्विक महत्वको भवन नष्ट भएको बताए । करिब १ सय ५० वर्ष पहिलेको भवन भएको संस्कृतिविद् तीर्थ श्रेष्ठ बताउँछन् । उनले आगलागीका कारण पुरातात्विक महत्वको भवन नष्ट भएको बताए । विन्ध्यवासिनी परिसरस्थित पोखरेली युवा सांस्कृतिक परिवारको सचिवालय रहेको थियो । पुरानो माल अड्डाको तीन तले खाली भवनमा (ईट्टाले बनेको र टायलले छाएको) अचानक आगलागी हँुंदा भवनको उपल्लो २ तला पूर्णरुपमा र भुई तला आंशिक रुपमा जली क्षति पुगेको छ । भवनमा अस्थायी प्रहरी पोष्ट विन्दवासिनीमा कार्यरत प्रहरी कर्मचारीहरुले राखेका ५ थान हेलमेट, ५ थान लाठी, ४ थान बडी प्रोटेक्टर समेत गरि बीस लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Post a Comment

 
Top