0
डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) को २४औं स्थापना दिवसका अवसरमा पोखरा उपमहानगरपालिका वडा १८, वाच्छेबुढुवास्थित वात्स्यायन वृद्धाश्रममा सौर्य उर्जा विद्युत प्रणाली जडान गर्नुका साथै खाद्यन्न सामाग्री वितरण गरिएको छ । डिएलए कास्कीका अध्यक्ष रोहितराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वृद्धाश्रमका लागि आवश्यक पर्ने करिब २० हजार रुपैयाँको सौर्य उर्जा विद्युत प्राणाली र करिब ५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो । डिएलएले आफ्नो २२ औं स्थापना दिवसका अवसरमा सोही वृद्धाश्रममा खाद्यान्न सामाग्री वितरण गरेको थियो । शुक्रबार सम्पन्न कार्यक्रममा नेपाल कानून व्यवसायी परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले सरकारले वृद्धहरुका लागि गर्नुपर्ने रचनात्मक कार्य डिएलएले गरेको भन्दै खुशी प्रकट गरे ।
डिएलएका अध्यक्ष बाँस्तोलाले  आगामी दिनमा पनि संसथाले रचनात्मक काम गर्दै जाने बताए । कार्यक्रममा पुनरावेदन बार एशोसिएशन पोखराका अध्यक्ष खगेन्द्रराज आचार्य, डिएलए कास्कीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम केसी र सचिव विष्णुप्रसाद शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
यसैबीच डिएलए कास्कीको तेस्रो जिल्ला अधिवेशन यहि मंसिर १२ गते सम्पन्न गर्नका लागि आवश्यक तयारी शुरु गरिएको छ । अधिवेशनका लागि डिएलएका सदस्य अधिवक्ताहरुको सदस्यता नविकरण गरि अधिवेशनका लागि अन्य तयारी शुरु गरिएको संस्थाका सचिव विष्णुप्रसाद शर्माले विष्णुप्रसाद शर्माले जानकारी दिए । 

Post a Comment

 
Top