0
गुरुकुल विद्या सदन उच्च मा.वि नयाँबजार पोखरामा ९ औँ वार्षिक खेलकुद कार्यक्रम अन्तर्गतको जुनियर कक्षा (१–३) र माथिल्लो जुनियर कक्षा (४–६) तहको फुटबल खेल शुक्रबार सम्पन्न भएको छ । अन्तर्सदनात्मक सो प्रतियोगितामा जुनियर कक्षा (१—३) तर्फ माछापुच्छ«े्र सदन प्रथम र सगरमाथा सदन द्वितीय भए भने माथिल्लो जुनियर तह कक्षा (४—६) को खेलमा धौलागिरि सदन प्रथम र माछापुच्छ्रे सदन द्वितीय भए । विद्यालयको खेल मैदान तथा अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको फुटबल मैदानमा भएको सो खेल विद्यालयका संस्थापक धर्मराज कोइरालाले रेफ्रि तथा प्रशिक्षक महेश चालिसेलाई  फुटबल हस्तान्तरण गरी विधिवत सुभारम्भ गरेका थिए । विद्यालयका प्राचार्य अचुत पाण्डेको व्यवस्थापनमा भएको कार्यक्रमको संयोजन विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख कृष्ण भुजेलले गरेका थिए भने रेफ्रिको भूमिका शिक्षकहरु केशव तिमिल्सिना, किरण पौडेल तथा खेमराज चालिसेले गरेको थिए । सो कार्यक्रममा विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

Post a Comment

 
Top