0

स्याङजाको स्वरेक  गाविस वडानं ५ कोटमा  रहेको प्रख्यात शक्तिपीठ स्वरेक भैरव कालिका मन्दिर अब सोलार लाईटले झलमल्ल हुने भएको छ । समाजसेवी पर्यटन ब्यवसायी  एवं माउण्ट कैलाश रिसोर्ट पोखराका संचालक नरेश भट्टराईले स्वरेक भैरव कालिका मन्दिरमा सोलार लाईट सहयोग गरे पछि अब स्वरेककोट झलमल्ल हुने भएको हो । भट्टराई मन्दिर पुगेको बेला स्थानीयले स्वरेक भैरव कालिका प्रख्यात शक्तिपिठ भए पनि रातको समयमा उज्यालो नभएको गुनासो गरेपछि भट्टराईले सोलार लाइर्ट सहयोग गर्ने बताए । शुक्रबार एक कार्यक्रमको आयोजना गरी पोखरामा सोलार लाइर्ट वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । मन्दिरको लागि ६ वटा बल्ब बाल्न मिल्ने सोलार लाईट भट्टराईले सहयोग गर्न लागेका हुन् । भट्टराईले स्वरेक पर्यटकीय दृष्टिकोण महत्वपूर्ण ठाँउ रहेकोले आफ्नो सानो सहयोगले त्यहाँको विकासमा सहयोग पुग्ने अपेक्षाले सहयोग गरेको बताए । भट्टराईकै सहयोगमा केही समय पहिले  स्वरेक भैरव कालिका मन्दिर परिसरमा कालिका मन्दिर निर्माण भइसकेको छ भने भट्टराईले दुई बर्ष अगाडि स्थानीयको आग्रहमा सोही ठाँउमा कालिकाको मुर्ति सहयोग गरेका थिए ।

Post a Comment

 
Top