0
भारतको प्रसिद्ध मोटर कम्पनी फोर्स मोटर्सको शोरुम  पोखरामा खुलेको छ । आयाम इन्टरकन्टिनेण्टल प्रा.लि.ले पोखराको बुद्ध चोकमा फोर्स मोटर्सका  उक्त शोरुम संचालनमा ल्याएको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा र फोर्स मोटर्स इन्डियाका जनरल मेनेजर रविन्द्र पट्किले बिहीबार बुद्धचोक स्थित फोर्स मोटर्सको शो–रुम औपचारिक समुद्घाटन गरका हुन । फोर्स मोटर्सको सबैभन्दा बढी सिट क्षमता (१४ सिट) भएको ट्याक्स क्रुजर जीप, १० सिट क्षमता भएको ट्याक्स गामा जीप, कार्गो किङ्ग (सिंगल क्याब पिकअप) र बलवान ट्रयाक्टरहरु हाल उक्त शो–रुमबाट बिक्री वितरण प्रारम्भ गरिएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष धु्रबबहादुर थापाले बताए । कार्यक्रममा फोर्स मोटर्स इन्डियाका जनरल मेनेजर रबिन्द्र पट्कि, आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष धु्रबबहादुर थापा, कम्पनीका प्रबन्ध निर्देशक राजन लम्साल, कम्पनीका पोखरा शाखाका प्रबन्धक निरन के.सी. लगायतले फोर्स मोटर्सका बारेमा विस्तृत जानकारी गराएका थिए । फोर्स मोटर्सको लाइट कमर्सियल भेसाइकल तर्फको आधिकारिक विक्रेता तथा आयातकर्ताका रुपमा गत जुलाई २०१४ मा एजेन्सी प्राप्त गरेको आयाम इन्टरकन्टिनेण्टल प्रा.लि.ले यस अघी काठमाडौंको गैरीधारामा शो–रुम संचालनमा ल्याइसकेको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष धु्रब बहादुर थापाले बताए । शो–रुमको शुभारम्भ भएको उपलक्षमा बिहीबार बेलुका पोखराको लेकसाइडस्थित एक महंगो होटलमा केही उद्योगी, व्यवसायी तथा लायन्सका सीमित व्यक्तिहरु र केही संचारकर्मीलाई डाकेर भव्य रात्रिभोज गरिएको थियो ।

Post a Comment

 
Top