0
पोखराको नयाँंबजार रहेको पोखरा बहुमुखी क्याम्पस स्थापना भएको झण्डै तीन दशक पुन लागेको छ । स्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले पोखराको बगरमा स्थापना गरिएको क्याम्पस पछिल्लो समयमा पोखरा–९, नयाँबजारमा स्थानान्तरण गरिएको हो । क्याम्पसले यहि म्रसिर १४ गते आफ्नो २८औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाउँदै छ । क्याम्पसको वार्षिकोत्सवको सन्दर्भ पारेर सोही क्याम्पसका प्रमुख सुनिल मर्सानीसंग गोल्डेन न्यूज दैनिकमा लागि गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ।
पोखरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?
मर्सानी ः पोखरा बहुमखी क्याम्पसको २८ औं वार्षिकोत्सवको तयारीमा लागि रहदा हामी अत्यन्त उत्साहित भएका छौं । हामीले यही मंसिर ९ गतेदेखि विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत सञ्चालन गरिरहेका छौंं । साथै यसका विद्यार्थीहरुको उत्साहजनक सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ ।
तपाइँ क्याम्पस प्रमुख बनेको धेरै समय बितेको छैन तर क्याम्पसले गरेका उपलव्धिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मर्सानी ः पोखरा कै पहिलो सामुदायिक क्याम्पस भएको नाताले यसले प्राप्त गरेका उपलब्धिहरुमा हामी निकै सन्तुष्ट छौं  । यो सफलता प्राप्त गर्नमा क्याम्पस व्यवस्थापन समिति, सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थीहरु र स्थानीय शिक्षाप्रेमीबाट सहयोग नै हाम्रो सफलताको प्रमुख कारण हो भन्ने मलाई लाग्छ ।
क्याम्पस संचालन गर्नेक्रममा राजनीतिक दवाव र प्रभाव कत्तिको पर्छ ?
मर्सानी ः क्याम्पस सञ्चालन गर्ने क्रममा स्वभाविक रुपमा राजनीतिक दवावहरु देखा पर्ने गर्दछ । संस्थाको विकास र विस्तारका हेतु देखा पर्ने दवावहरुलाई अझ भनौं सुझावहरुलाई ग्रहण नै गर्दै आइरहेका छौं भने राजनीतिक अभिष्ट पुरा गर्नका लागि बेला बेलामा देखा पर्ने अनावश्यक दवावहरुलाई हामीले व्यवस्थापन गर्दै आइरहेका छौं ।
पोखरा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि क्याम्पसले के–कस्ता सुविधा दिने गरेको छ नि ?
मर्सानी ः पोखरा बहुमुखी क्याम्पस एक सामुदायिक संस्था हो र यहांँ न्यून आय भएका अधिकांश अभिभावकहरुका छोरा–छोरीलाई हामीले न्यूनतम शुल्कमा अध्ययन गर्ने अवसर जुटाईरहेका छौं । साथै विभिन्न समयमा शिक्षासेवी एवम् उदार मनबाट स्थापित छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेका छौं । हाम्रो क्याम्पसमा छात्रवृत्ति दुई किसिमले दिने गरिन्छ । (१) ःभचष्त दबकभम  र अर्को (२) ल्भभम  द्यबकभम  यी दुई किसिमका छात्रवृत्तिमध्ये ःभचष्त दबकभम छात्रवृत्ति पढाईमा तेज विद्यार्थीहरुलाई प्रदान गर्दै आएका छौं भने ल्भभम  द्यबकभम  छात्रवृद्धि न्यून आय भएका अभिभावकका छोरा–छोरीहरुलाई गाविस र नगरपालिकाको सिफारिसको आधारमा तथा छात्रवृत्ति वितरण समितिले लिने अन्तरवार्ताको आधारमा आवश्यकता हेरी २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म मासिक शुल्कमा छुट उपलब्ध गराउँंदै आएका छौं । हामीसंग छात्राहरुको लागि विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराउने छात्रवृत्ति, बी.ए.तर्फ अंग्रेजी विषयमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुको लागि धनीराम बराल छात्रवृत्तिका साथै विभिन्न व्यक्तिहरुको नामबाट स्थापित विद्यारत्न छात्रवृत्ति, रुककुमारी गुरुङ्ग छात्रवृत्ति (छात्राका लागि) लक्ष्मी समूह छात्रवृत्ति, गणेश गुरुङ छात्रवृत्ति र शारीरिक अपाङ्गता भएका विद्यार्थीहरुलाई समेत छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
  क्याम्पसले मानविकी र व्यवस्थापनमा स्नातक तहसम्म अध्ययन अध्यापन गराइरहेकोमा अन्य कक्षा पनि संचालन गर्ने योजना छ कि ?
मर्सानी ः हामीले व्यवस्थापनतर्फ एम.बी.ए. का कक्षा सञ्चालन गर्ने योजनालाई अगाडि बढाइरहेका छौं भने बी.बी.ए.कक्षा सञ्चालनको लागि पनि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भइसकेको छ ।
  क्याम्पसमा भौतिक पूर्वाधारको अभाव छ भनिन्छ नि ?
मर्सानी ः क्याम्पसका लागि लागि सुविधासम्पन्न भवन बनेको भएपनि केही जग्गा आवश्यक परेको छ । खेल मैदान तथा अन्य भौतिक संरचनाका लागि आवश्यक पर्ने जग्गाको खोजी भइरहेको छ । त्यसका लागि पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका पोखरा बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाको नेतृत्वमा पोखराको उपयुक्त स्थानमा जग्गा प्राप्तिका लागि पहल गरिरहेका छौं ।
अभिभावक र विद्यार्थीहरुलाई पोखरा बहुमुखी क्याम्पस रोज्नुपर्ने कारण केही छ कि ?
मर्सानी ः पोखरा बहुमुखी क्याम्पसमा न्यूनतम शुल्कमा पारिवारिक एवम् शान्त वातावरणमा गुणस्तरीय शिक्षाका लागि अभिभावक एवम् विद्यार्थीहरुले यस क्याम्पसलाई रोज्नुपर्छ भन्ने हामी ठान्दछौं ।
अन्त्यमा केही भन्नु हुन्छ कि ??
मर्सानी ः पोखरा बहुमुखी क्याम्पसलाई पश्चिमाञ्चलकै शैक्षिक केन्द्रको रुपमा स्थापित गर्नका लागि सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, प्रेस जगत, राजनीतिक दलहरु शिक्षासेवी एवम् समाजसेवीहरुको सकारात्मक पहल एवम् सहयोगको अपेक्षा गरेका छौं । साथै क्याम्पसको २८आंैं वार्षिकोत्सवलाई भव्य रुपमा सफल पार्न सबैको सकारात्मक सहयोगको अपेक्षा गरेका छौं ।
सुनिल मर्सानी

Post a Comment

 
Top