0
घर शान्ति नै विश्वशान्तिको आधार, महिलाहिंसाविरुद्ध शून्य सहनशीलता कायम गरौ भन्ने मूल नाराका साथ मंसिर ९ गतेदेखि पोखरामा लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान मुल समारोह समितिको आयोजनामा मंसिर ९ गते पोखरामा लैङ्गिकहिंसा विरुद्ध ¥याली निकालियो । मानवअधिकार चोकबाट शुरु भएको उक्त ¥याली न्यूरोड सभागृहचोक हुँदै पृथ्वीचोकमा पुगी समापन भएको थियो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसन्तकुमार लामा, अधिकारकर्मी, कानून व्यवसायी, सञ्चारकर्मी, नागरिक समाजको सहभागिता रहेको थियो । यसैगरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर  महिला उत्थान तथा जागरण केन्द्र नेपालले  मंगलबार पोखरामा मानब बेचबिखन बिरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

Post a Comment

 
Top