0
संसारमा हरेक व्यक्तिको आ–आफ्नौ बांच्ने शैली हुन्छ । शैलीका साथसाथै आफ्नो धर्म संस्कृतिको पनि आफै पहिचान हुन्छ । त्यही विषयमा आज मलाई आफ्नो मनमा खड्केको कुराहरुलाई उजागर गर्न मन लाग्यो ।
म एक दिन मेरो छोरालाई धरानमा पढ्न पठाउनका लागि बस स्टपमा गएकी थिए । कारणवस बस नआएपछि केही बेर बसस्टपमा नै कुर्नुपर्ने भयो । त्यही अवसरमा अधाघण्टासम्म बस कुरेर बस्दा आफूले देखेका कुराहरु मलाई लेख्न मन लाग्यो । एउटा देशी भाईले  खेलौना बोकेर आएका रहेछन् । बाबा महाई त्यो खेलौना किनिदिनुहोस् भन्ने एउटा बच्चाको आवाज अचानकसंग आयो । त्यो बेला खेलौनाको रुपमा बेलुन ,िुकेर कुखुरा, हांस, बल आदि बनाईएका थिए । बच्चाको बाबाले आफ्नो बच्चालाई खेलौनाको रुपमा हांस किन्ने सुरुमा बेच्ने भाईसंग हासं मागे । त्यसपछि आफ्नो गोजीतिर हात हालेर छामछुम गर्न थाले । त्यसपछि उतापट्टि बसेकी कालो चश्मा लगाएकी एक महिलाको स्वर आयो सबै तेत्रो पैसा किन झिकेको ? त्यो समयसम्म मैले सबै घटनालाई नियालेर बसेकी थिए । त्यो पैसा नोटको रुपमा ५, १०, २० को रहेछ । बाबाले खेलौनालाई ६० भनेकोमा ५० रुपैयां दिए । अनि उनीहरु आफ्नो गन्तव्य तर्फ अगाडि बढे । उनीहरु आफ्नो गन्तव्य तर्फ लागेको मैले नियालिरहेको थिए ।
बच्चाको बाबा हेर्दा ४०÷४५ वर्षको जस्तो देखिन्थे । महिला त्यस्तै २९÷३० वर्षको जस्तो देखिन्थ्यो । उनीहरुको बच्चा सायद १ वर्षको जति हुदो हो । म अलि फरक ठाउंका थिए । म बसेको ठाउँंमा नै मेरो सामान थियो । उनीहरु अगाडि बढ्ने क्रममा उनले लिएको लठ्ठी मेरो सामानमा अचानक टोक्किन पुग्यो । मैले छोरालाई सोधे बाबु यो के हो भनेर । बच्चाले बाबा यहां त सामान छ भन्ने जवाफ दिए । सबै घटनाहरु नियालेर बस्दा मेरो मनमा विभिन्न तरङ्गहरु खेलेर आइरहेका थिए । बच्चाको आमाले कालो चश्मासंगै जिन्स र टिर्सट लगायकी थिई भने बाबाले साधारण टिर्सट र पाइन्ट लागाएका थिए । लठ्ठी टेकेकी आमाले सानो बच्चालाई पिठ्यूमा बोकेकी र आफ्नो श्रीमान्लाई समातेकी श्रीमानले छोरालाई एक हातले समातेका र लठ्ठी एक हातले समातेको छोराले बाबालाई बाटो देखाउने र हिड्ने सारथी भएका, तिनीहरुको अनुहार हेर्दा हसिलो थियो । आमा हासिरहेकी थिइन् । आमाबाबाले आंखा नदेख्ने रहेछन् । मेरो मनमा खुल्दुली भएर म अगाडि गएर सानो बच्चाको आखा कस्तो छ भन्ने खुल्दुली भयो । त्यसपछि बच्चाको अगाडि उभ्भिए । उसले मलाई हेरीरहे र म त्यसमा खुसी भए । संसारमा यस्ता कति छन् कति, केवल मलाई संजोगले देख्ने पुगे । त्यसपछि मलाई फेरी मनमा कुरा खेल्यो । उनीहरुले सफा लुगा लगाएका छन् । बाबुआमाले आखां नदेखेपनि दुवै बच्चाले राम्रोसंग आखा देखेका छन् । ती बाबाआमाले ती बच्चालाई कसरी स्याहार सुसार पालनपोषण कसरी गरे होलान् भन्ने मनमा उठ्यो । भगवानले जन्म दिएपछि जहां इच्छा उहां शक्ति वा उपाए हुन्छ भन्ने सम्झेर मनलाई शान्त पारे । अर्को कुरा मेरो मनमा ती बाबाआमाका बुढेसकालको साहारा यिनै बच्चा भए भन्ने फेरी सोच्न बाध्य भए । यस्ता बच्चा वा बालबापलकालाई राज्यले शिक्षादिक्षा राम्रो दिएमा मात्र भविष्य राम्रो होला । नत्र कुलतमा परेर ती बाबाआमाको विचल्ली होला भन्ने मलाई लाग्दछ । त्यस कारण यस्ता बाबाआमा, कमीकमजोरी अपाङ्गता, मानसिक सन्तुलन ठिक नभएका, हातखुट्टा लुलो लंगडो भएका सन्तानलाई राज्यले यिनीहरुको जीवन सुरक्षित गर्नका लागि शिक्षा, खानपान, उचित वातावरण दिएर सहयोग पु¥याओस् भन्ने मलाई लाग्दछ । सरकारले आफ्नो देशमा भएका त्यस्ता सानातिना समस्यालाई नियाल्नु जरुरी छ । किनकि विभिन्न शारीरीक तथा मानसिक रुपमा असक्त भएका हरेक व्यक्तिहरु अझै पनि नेपाली समाजमा अपहेलित भएर बाच्न बाध्य छन् ।
समाजबाट समेत अपहेलित भएको अवस्थामा उनीहरु आफन्तबाट समेत टाढा भएर बाच्नुपर्ने अवस्था आइपर्छ । त्यस्तो अवस्थामा हरेक नेपाली नागरिकले आफू नेपाली हु भन्न पनि लाज मान्नुपर्ने अवस्था आउन सक्छ । किनकि त्यस्ता व्यक्तिलाई सरकारले पनि वेवास्ता गरेको देख्न सकिन्छ । जब समाजबाट कुनै व्यक्ति अपहेलित हुन्छ, त्यस्ता व्यक्तिलाई सरकारले नहेरिदिएपछि त्यो सोचाई नआउनु कुनै नौलो कुरा होइन् । हुनत शारिरीक वा मानसिक रुपमा कुनै व्यक्ति अपाङ्ग भयो भन्दैमा ती व्यक्ति समामा केही काम लाग्दैन भन्ने हुदैन । उनीहरुमा पनि हामी जस्तै स्वस्थ व्यक्तिहरुले जस्तै काम गर्न सक्छन् । कुरा यक्ति हो उनीहरुलाई आफ्नो क्षमता अनुसारको विभिन्न सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन सरकारले पहल थाल्नुपर्छ । अपाङ्ग व्यक्तिहरु पनि नेपाली नागरिक भएर बांच्न पाउनु उनीहरुको अधिकार हो । माथि उल्लेखित घटना त एउटा उदाहरण मात्र हो । हाम्रो नेपाली समाजमा त्यस्ता घटनाहरु छरपस्ट रुपमा पाउन सकिन्छ । अपाङ्ग व्यक्तिलाई पनि स्वस्थ व्यक्ति सरह बाच्न पाउने अधिकार राज्यले जुटाउन सक्नुपर्छ । स्वस्थ व्यक्तिहरुले पनि आफू स्वस्थ छु भनेर घमण्ड गर्नु हँुदैन । उनीहरुको सहयोग गरेर उनीहरुलाई प्रोत्साहन गर्नु हामी सबैको दायित्व हो ।  
                                                                                                                                   गोमा कोइराला सुवेदी

Post a Comment

 
Top