0
पोखरामा बसेर पत्रकारिता गरिरहेका युवा गिता रानालाई झण्डै दुई महिनादेखि टोलिफनमा ज्यान मार्ने धम्की आउने गरेको छ । पोखराको गोल्डेन आइ टेलिभिजनमा कार्यरत रानाले शनिबार राति करिब १० बजे आफ्नो फेसबुक स्टाटसमा आफूलाई विभिन्न चारवटा टेलिफोनबाट बारम्बार धम्की आइरहेको लेखेका छन् । ‘मेरो ज्यानको सुरक्षा हुनुप¥यो । मैल कसैको नराम्रो होस् भन्ने चाहन्न’ उनले फेसबुकमा चारवटै मोवाइल नम्बर सहित उल्लेख गरेर आफ्नो मान्छेलाई नराम्रो बाटोमा नलागोस् भन्ने चाहना राखेकै आधारमा निरन्तर ज्यान मार्ने धम्की आइरहेको बताएका छन् । उनको सो स्टाटसमा एक घण्टाकै अवधिमा करिब २० जनाले विभिन्न टिप्पणी लेख्दै तुरुन्त प्रहरीमा खबर गर्न र धेरै चिन्ता नलिन सुझाव दिएका छन् । यसै सन्दर्भमा गोल्डेन न्यूज दैनिक संगको कुराकानीमा रानाले आफूलाइ
धेरै दिनदेखि पटक–पटक धम्की आएपनि कसैलाई नभनेको तर शनिबार पनि पटक–पटक ज्यान मार्ने धम्की दिएपछि घटनााई सार्वजनिक गरेको बताए । उनले आफूलाई सहयोग गर्न समेत सबैसंग आग्रह गरेका छन् । फेसबुकमा साथीहरुको जिज्ञासालाई  सम्बोधन गर्दै उनले भनेका छन्–‘म आफ्नो काममा कति व्यस्त हुन्छु मलाई नै थाहा छैन, कामको बेलामा फोन काट्दा पनि पटक–पटक फोन गर्ने अनि तँलाई ज्यानको माया छैन भन्ने गरेको ४५ दिन भन्दा बढी भयो । आज भने सहनै नसक्ने किसिमले धेरै कुरा गरेकोले फेसबुकमार्फत आफ्नो पीडा पोखेको हुँ ।’ रानाको फेसबुक स्टाटसमा गोल्डेन आइ टेलिभिजन का संचालक समेत रहेका पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले भनेका छन्–‘वी आर फलोइङ...डन्ट वरी गिता ।’ पत्रकार रानाले प्रहरीलाई मौखिक जानकारी गराएको भएपनि लिखित जाहेरी भने दिन बाँकी रहेको स्पष्ट पारे ।

Post a Comment

 
Top